बागमती सरकारद्वारा सांसद विकास कोषमा सत्तापक्ष र प्रतिपक्षका सांसदलाई बजेटमा विभेद

बागमती सरकारद्वारा सांसद विकास कोषमा सत्तापक्ष र प्रतिपक्षका सांसदलाई बजेटमा विभेद

182

मकवानपुर, ७ असार । बागमती प्रदेश सरकारले आर्थिक वर्ष २०८०/०८१ को बजेटमा समावेश भएको सांसद विकास कोष (निर्वाचन क्षेत्र विकास कार्यक्रम) मा सत्तारुढ दलका सांसद र प्रतिपक्षका सांसदहरुबीच विभेदपूर्ण ढंगबाट सांसद विकास कोषमा बजेट विनियोजन गरेको छ । उक्त कार्यक्रम कार्यान्वयनका लागि प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८०/०८१ को बजेटमा सांसदका लागि मात्र ५ अर्ब ३३ करोड रुपैयाँ बराबरको योजना वितरण गरेको छ । प्रदेश सरकारले योजना छनौट बापत सत्तापक्षका प्रत्यक्ष निर्वाचित सांसदहरुका लागि २ अर्ब २५ करोड रुपैयाँ र समानुपातिक सांसदहरुका लागि ६६ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ ।

अधिकांश पुराना र केही नयाँ योजनालाई प्राथमिकतामा राखेर आर्थिक मामिला तथा योजना मन्त्री बहादुरसिंह लामाले सार्वजनिक गरेको बजेटमा सत्तारुढ दलका प्रत्यक्ष निर्वाचित सांसदलाई ५ करोड र समानुपातिकलाई ३ करोड रुपैयाँ बराबरको योजना वितरण गरिएको छ । जसमा प्रदेश सरकारले फरक फरक कार्यक्रम मार्फत् सत्तापक्षका प्रत्यक्ष निर्वाचित सांसदलाई कम्तीमा ८ करोड रुपैयाँ र समानुपातिककालाई ४ करोड रुपैयाँ बराबरको बजेट उपलब्ध गराएको छ भने प्रतिपक्षी दलका प्रत्यक्ष निर्वाचित सांसदलाई ३ करोड रुपैयाँ र समानुपातिक सांसदलाई १ करोड रुपैयाँ बजेट व्यवस्था गरेको छ ।

प्रदेश सरकारले बजेटमा सत्तारुढ दलबाट सांसदलाई दोहोरो रुपमा सो कोष मार्फत् बजेट विनियोजन गरेको छ । प्रदेश सरकारले सत्तारुढ दलका प्रत्यक्ष निर्वाचित सांसदहरुलाई ५ करोड रुपैयाँको योजना समावेश गरेर बजेट विनियोजन गरेको छ भने समानुपातिक तर्फका सांसदहरुलाई ३ करोड रुपैयाँ बराबारको योजना बजेटमा समावेश गरेको छ । उक्त कार्यक्रममा प्रतिपक्षका सांसदहरुलाई बजेट उपलब्ध गराइएको छैन । सरकारले उक्त योजनामा प्रतिपक्षका कुनै पनि दललाई समावेश गरेको छैन ।

तपाईको बिचार

सम्बन्धित खबर