एकीकृत समाजवादी मकवानपुर उपाध्यक्षसहित आधा दर्जन जिल्ला नेता एमालेमा प्रवेश

एकीकृत समाजवादी मकवानपुर उपाध्यक्षसहित आधा दर्जन जिल्ला नेता एमालेमा प्रवेश

189

मकवानपुर, ७ असार । सामाजवादी मोर्चा बनाएसँगै माधवकुमार नेपालले नेतृत्व गर्नुभएको एकीकृत समाजवादी पार्टीमा चरम असन्तुष्टि हुन थालेको छ । मोर्चाको नाममा माओवादीमा पार्टी विलय गर्ने रणनीति अध्यक्ष नेपालमा रहेको भन्दै केन्द्र तथा जिल्लाका नेता तथा कार्यकर्ता पुरानै पार्टी एमालेमा फर्कन थालेका छन् । अझै बाँकी धेरै नेता, कार्यकर्ता तथा सांसदहरु समेत एमालेमा नै फर्कने तयारी रहेको एमाले स्रोतले जनाएको छ ।

यसै क्रममा नेकपा समाजवादीका मकवानपुर जिल्ला उपाध्यक्ष कृष्ण राई, जिल्ला सचिवालय सदस्य लोकनाथ चौलागाई, प्रेम बहादुर भोम्जान, रोमप्रसाद रेग्मी, अर्जुन पोखरेल र जिल्ला सदस्य प्रेम पाख्रिन (राजेश) समाजवादी पार्टी परित्याग गरि हिजो पुरानै घर नेकपा एमाले फर्किनु भएको छ ।

नेपालमा कम्युनिष्ट आन्दोलनको नेतृत्व एमालेबाहेक अन्य कुनै पार्टी हुन नसक्ने निष्कर्षका साथ एमालेमा फर्कनुभएको बताइएको छ । उहाँहरुले आगामी दिनमा एमालेको सिद्धान्त, विचार र योजनालाई देशभरबाट जागरुक गर्दै आगामी निर्वाचनमा एकल बहुमतका साथ तीन वटै तहको नेतृत्व गर्ने गरी अभियानमा लाग्ने प्रतिवद्धता जनाउनुभएको थियो । उहाँहरुले एमाले फर्कदै एकीकृत समाजवादी पार्टीको भविष्य नरहेको दावी गर्नुभयो ।

तपाईको बिचार