पर्यटन क्षेत्रको बजेट बढ्यो, १० लाख पर्यटक भित्र्याउने

पर्यटन क्षेत्रको बजेट बढ्यो, १० लाख पर्यटक भित्र्याउने

387

काठमाडौँ । सरकारले आगामी आर्थिक वर्षमा पर्यटनमा रु दुई अर्ब ५८ करोडले बजेट वृद्धि गरेको छ । अर्थमन्त्री डा प्रकाशशरण महतले सङ्घीय संसदको संयुक्त बैठकमा प्रस्तुत गर्नुभएको आगामी आर्थिक वर्ष २०८०÷८१ को बजेटमा पर्यटन क्षेत्रका लागि रु ११ अर्ब ९६ करोड बजेट विनियोजन गरेको घोषणा गर्नुभएको छ ।

चालु आर्थिक वर्ष २०७९र८० मा पर्यटन क्षेत्रका लागि रु ९ अर्ब ३८ करोड र हवाई पूर्वाधार विकासका लागि रु १२ अर्ब २४ करोड विनियोजन गरी रु २१ अर्ब ६२ करोड बजेट विनियोजन भएको थियो । सरकारले आगामी आर्थिक वर्षमा नयाँ पर्यटकीय गन्तव्य र विस्तारका लागि रु दुई अर्ब १३ करोड बजेट विनियोजन भएको छ ।

१० लाख पर्यटक भित्र्याउने लक्ष्य
सरकारले सन् २०२३ मा १० लाख विदेशी पर्यटक भित्र्याउने लक्ष्य लिएको छ । अर्थमन्त्री डा रामशरण महतले सङ्घीय संसदको संयुक्त बैठकमा आज प्रस्तुत गर्नुभएको आगामी आर्थिक वर्षको बजेटमा उक्त लक्ष्य घोषणा गरिएको हो ।
सन् २०१९ मा हालसम्मकै बढी १२ लाख हाराहारी विदेशी पर्यटक नेपाल भित्रिएका थिए । कोरोना महामारीकाकारण झण्डै तीन वर्ष खुम्चिएको विदेशी पर्यटक आगमन सन् २०२३ को चार महिनामा पुरानै लयमा फर्कने संकेत गरेको छ । सन् २०२३ को हरेक महिना झण्डै प्रति महिना औसतमा करिब एक लाख विदेशी पर्यटक आइरहेका छन् ।

नेपाल पर्यटन बोर्डको तथ्याङ्क अनुसार सन् २०२३ को चार महिनामा तीन लाख २६ हजार पाँच सय २७ विदेशी पर्यटक नेपाल भित्रिएका छन् । सन् २०२० मा दुई लाख २० हजार छ सय ८२, सन् २०२१ मा ५५ हजार चार सय ४७ र सन् २०२२ मा एक लाख ४० हजार तीन सय ३६ पर्यटकले नेपाल भ्रमण गरेका थिए ।

तपाईको बिचार