नागरिकको मुख थुनेर देश र जनताको पक्षका आवाज रोकिदैन : अध्यक्ष लिङ्देन

नागरिकको मुख थुनेर देश र जनताको पक्षका आवाज रोकिदैन : अध्यक्ष लिङ्देन

627

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले नागरिकको मुख थुनेर देश र जनताको पक्षका आवाज नरोकिने बताउनुभयो । गणतन्त्र र संघीयता आएपछि सबैले बोल्न पाएको भन्ने प्रचण्ड सहभागी कार्यक्रममा मान्छेको मुख थुन्नुपर्ने कस्तो दिन आयो भन्दै उहाँले प्रश्न गर्नु भयो  ।

उहाँले भन्नुभयो, ‘हामीले गणतन्त्र ल्यायौँ, संघीयता ल्यायौँ, धर्मनिरपेक्षता ल्यायौँ र त सबैले बोल्न पाएका छौँ भन्नुहुने क.प्रचण्ड, हेर्नुहोस् त, हेर्दाहेर्दै मान्छेको मुख थुन्नुपर्ने कस्तो दिन आयो ? प्रधानमन्त्रीज्यू, चाँडो भन्दा चाँडो बैंक तथा वित्तीय संस्थाहरूको ब्याज घटाउनुहोस्, युवालाई देशभित्रै रोजगारीको अवसर सिर्जना गर्नुहोस् ,जो सम्भव छ । अन्यथा मुख थुनेर त, के बन्दुकले पनि आवाजहरू थुनिन्नन्, जो तपाईँ स्वयमलाई थाहा छ।’

गृहमन्त्री समेत रहनुभएका प्रधानमन्त्री प्रचण्डकै उपस्थितीमा नयाँ बानेश्वरमा तीन जना युवालाई प्रहरीले मुख थुनेर अमानविय व्यवहार देखाएको थियो । उक्त कुरा सामाजिक सञ्जालमा कडा रुपमा आलोचना भइरहेको छ ।

तपाईको बिचार

सम्बन्धित खबर