काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले रसुवा र नुवाकोट हुँदै बग्ने भोटेकोशी नदीमा बुधबार बिहान अकस्मात आएको बाढीबाट भएको जनधनको क्षतिप्रति गहिरो दुःख व्यक्त गर्नुभएको छ।
राष्ट्रपति पौडेलले बाढीबाट भएको जनधनको क्षतिको खबरले आफूलाई अत्यन्त दुःखी बनाएको बताउनुभएको हो।
उहाँले विपद्को यस घडीमा उद्धार तथा राहतका कार्यलाई तीव्रता दिन सरकार, राजनीतिक दल, सामाजिक संघसंस्था, सुरक्षा निकायलगायत सम्बन्धित सबै निकाय र आम नागरिकलाई आह्वान गर्नुभएको छ।
राष्ट्रपति पौडेलले बाढीको जोखिममा रहेका तल्लो तटीय क्षेत्रका सर्वसाधारणलाई सतर्क रहन आग्रह गर्दै आवश्यक समन्वय र सहयोगमा जुट्नसमेत अपिल गर्नुभएको छ।
अकस्मात आएको बाढीपछि प्रभावित क्षेत्रमा उद्धार, राहत तथा क्षतिको विवरण संकलनको काम अघि बढाइएको छ।
तपाईको बिचार