रसुवाको बाढीबारे छलफल गर्न नेकपाको आकस्मिक बैठक बस्ने

853

काठमाडौं । रसुवामा आएको भीषण बाढीबाट भएको मानवीय तथा भौतिक क्षतिबारे छलफल गर्न नेपाली कम्युनिस्ट पार्टी केन्द्रीय कार्य संयोजन समितिको आकस्मिक बैठक आज बस्ने भएको छ।

पार्टी केन्द्रीय कार्यालयमा दिउँसो २ बजे बस्ने बैठकमा बाढीबाट भएको जनधनको क्षति, प्रभावित क्षेत्रको अवस्था तथा राहत, उद्धार र पुनःस्थापनाका विषयमा छलफल हुने जनाइएको छ।

बैठकले बाढी प्रभावित नागरिकको तत्काल उद्धार तथा राहतका लागि आवश्यक पहल गर्ने विषयमा समेत निर्णय लिन सक्ने बताइएको छ।

रसुवामा आएको भीषण बाढीका कारण मानवीय क्षतिसँगै सडक, पुल, घर तथा अन्य भौतिक संरचनामा समेत क्षति पुगेको छ। प्रभावित क्षेत्रमा उद्धार तथा राहत कार्यलाई प्रभावकारी बनाउन सरकार र सम्बन्धित निकायलाई दबाब दिने विषय पनि बैठकको एजेन्डामा रहने बताइएको छ।

तपाईको बिचार

सम्बन्धित खबर