एमालेले देशलाई समृद्ध बनाउने संकल्प लिएको छ : अध्यक्ष ओली

एमालेले देशलाई समृद्ध बनाउने संकल्प लिएको छ : अध्यक्ष ओली

645
???????? ???????? ??????? ????? ??????? ???? ???????? ????????? ???????? ???? ?????????? ???????????? ???????? ?????????? ????? (?????) ??????? ??? ?????????????????? ???? ????? ??? ???????? ?????? ?????? / ????

रुपन्देही । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले मिसन ग्रासरुट अभियानको मुख्य उद्देश्य एमालेविरुद्धको षड्यन्त्रबारे गम्भीरतापूर्वक समीक्षा गराउने र अस्तव्यस्त पार्टी संगठनलाई धारिलो बनाउने र चम्किलो बनाउने रहेको  स्पष्ट पार्नुभयो ।

एमालेले देश बनाउने संकल्प लिएको भन्दै ओलीले भन्नु भयो, ‘सीमा रक्षाको विषय उठाएको थियो । छुटेको सीमा जोडेर नक्सा बनाएको थियो । अवरुद्ध विकासका काम योजनाबद्ध सुरु गरेको थियो । यहीवापत एमालेलाई प्रतिक्रियावादीले दिएको सजाय हो । यसबाटै हामी उठेर अब एकल बहुमतको सरकारका लागि जुट्नुको विकल्प छैन ।’

‘अहिलेको निर्वाचनमा एमालेलाई एकल बहुमत नभएकाले भुरेटाकुरे पार्टी मिलाएर विगतका क्षमा दिनै नसकिने गल्ती गरेका पार्टीहरुलाई समेत साथमा लिएर देश बनाउने संकल्प थालेको थियौं । तर, एमालेविरोधी शक्तिलाई त्यो अपाच्य भयो’, ओलीले भन्नु भयो, ‘चारतिर फर्केका दलहरुलाई जुटाएर पनि केही काम गर्न सकिन्छ कि भनेर थालेका थियौं । तर, कुन कुन शक्तिबाट चलेका पार्टीहरु उनीहरुकै इशारामा चले र फुत्केर गए । त्यसकारण अब एमालेलाई एकल बहुमतको सरकार बनाउने गरी मिसन ग्रासरुट थालिएको हो ।’

उहाँले एमालेलाई थाहै नदिइ र छलफल नै नगरी एमसीसी, एसपीपी ल्याएको बताउनुभयो । ‘उनीहरु कहाँबाट चलेका छन् भन्ने यसबाटै प्रस्ट हुन्छ नि होइन र ?’, ओलीले भन्नु भयो, ‘यस्ता शक्तिहरुलाई परास्त गर्न एमालेलाई शक्तिशाली बनाउनुको विकल्प छैन । समृद्ध देश बनाउन एमाले बलियो बनाऔं, एमालेलाई शक्तिशाली बनाऔं ।’

नेकपा एमालेमा रहने हरेक नेता/कार्यकर्ताले आचरणमा सुधार गर्नुपर्ने बताउँदै उहाँले भन्नु भयो, ‘यो गंगा जस्तै हो, अन्त खहरेमा रहेका यहाँ आएपछि यहाँ सुध्रनुपर्दछ । पार्टी संगठनको जिम्मेवारीमा पूर्ण बफादार भएर लागौं ।’

मिसन ग्रासरुटको मुख्य लक्ष्य पार्टी संगठनमा देखिएको भुत्तेपना हटाउने, खिया हटाउने रहेको बताउँदै अध्यक्ष ओली  भन्नु भयो, ‘पार्टी संगठन भुत्ते भएको छ, पार्टीमा खिया लागेको छ, धार नभएको खुकुरीले काट्दैन । सबै मिलेर धार लगाऔं । केही कमजोरी छन् भने माझिऔं, सामान्य कमजोरीलाई इस्यु् बनाएर तुष पाल्नुहुँदैन । पहिले आफैंंमा फेरबदल ल्याऔं, नभए असफल भइन्छ । अबको मिसन ५१ प्रतिशत एक्लै ल्याउने हो, त्यसमा आफ्नो जिम्मेवारी सबैले पूरा गरौं ।’

९ लाख पार्टी सदस्य भएको पार्टीमा त्योअनुसार नतिजा नआएको भन्दै उनले भने, ‘हामीले पार्टीलाई सुदृढ बनाउन नसकेर हो, त्यसमा समीक्षा गरौं, परेको बेला काम गर्न नसक्ने सदस्य बनेर काम छैन । हामी बलियो भए जतिसुकै मुखे गठबन्धन भए पनि केही गर्न सक्दैनन् ।’

ग्रासरुट अभियानले पार्टीका नेता/कार्यकर्तालाई फिजियोथेरापी गराउने बताउँदै ओलीले सबैलाई समान जिम्मेवारीका साथ मैदानमा खटाउन सम्बन्धित पार्टी कमिटी तथा जनवर्गीय संगठनहरुलाई निर्देशन दिनुभयो ।

तपाईको बिचार

सम्बन्धित खबर