मन्त्रीलाई कर्मचारीको म्यासेज :‘नासुका आँशु देख्नु भएन ? तपाईंको ऐन हामीलाई स्वीकार्य छैन्’

मन्त्रीलाई कर्मचारीको म्यासेज :‘नासुका आँशु देख्नु भएन ? तपाईंको ऐन हामीलाई स्वीकार्य छैन्’

643

काठमाडौं । कर्मचारीहरूले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री अमनलाल मोदी र सचिव कृष्णहरि पुष्करलाई आज म्यासेज पठाएका छन्

मन्त्रालयले तयार पारेर सहमतिका लागि अर्थ तथा कानून मन्त्रालय पठाएको संघीय निजामती सेवा ऐनको मस्यौदामा कतिपय प्रावधान तल्ला तहका कर्मचारीहरुको वृत्ति विकासमै असर पर्ने गरी आउन लागेको भन्दै आपत्ति जनाएका छन् । ऐन संशोनधको काम राख्दै देशैभरकाराजपत्र अनंकित कर्मचारीले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री अमनलाल मोदी र सचिव कृष्णहरि पुष्करलाई मोवाइलमा म्यासेज पठाएर ध्यानाकर्षण गराउने अभियान चलाएका छन् ।

‘माननीय मन्त्रीज्यू, नासुका आँसु देख्नु भएन ? तपाईंको ऐन हामीलाई स्वीकार्य छैन। पाँच वर्ष सेवा अवधि भएका कर्मचारीलाई एक तह र १० वर्षभन्दा बाढी सेवा भएका कर्मचारीलाई २ तह वृद्धि गरियोस्,’ कर्मचारीहरूले पठाएको म्यासेजमा उल्लेख छ। यस्तै तोकिएको सेवा अवधि र शैक्षिक योग्यता भएका राजपत्र अनंकित कर्मचारीलाई सहसचिव (एघारौँ) र उपसचिव(नवौं) तहको खुला प्रतिस्पर्धामा सहभागी हुन पाउने कानुनी व्यवस्था गर्न राजपत्र अनंकित कर्मचारीहरुले माग गरेका छन् ।

मन्त्री र सचिवलाई पठाइएको म्यासेजमा सेवा प्रवेशको लागि चौथो, छैटौं, नवौं र एघारौं तहलाई प्रवेश बिन्दु कायम गर्न,सरुवा प्रणाली चक्रीय र पूर्वानुमान योग्य बनाउन पुन स्मरण गराएका हुन्।

तपाईको बिचार