रास्वपाको ‘नागरिक, नीति र नेतृत्व’ कार्यक्रम : अर्थमन्त्रीले नागरिकसँग प्रत्यक्ष संवाद गर्ने

545

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले भदौ महिनादेखि सञ्चालन गर्न लागेको ‘नागरिक, नीति र नेतृत्व’ कार्यक्रमअन्तर्गत आज अर्थमन्त्री तथा रास्वपाका उपसभापतिले नागरिकसँग प्रत्यक्ष संवाद गर्ने भएका छन्।

रास्वपाका अनुसार अर्थमन्त्री आज साँझ ५ बजेपछि पार्टीको केन्द्रीय कार्यालयमा उपस्थित भएर नागरिकका गुनासा, समस्या, सुझाव तथा अपेक्षा प्रत्यक्ष रूपमा सुन्नुहुनेछ। कार्यक्रम दुई चरणमा सञ्चालन हुने बताइएको छ। पहिलो चरणमा आम नागरिकले आफ्ना समस्या, गुनासा, सुझाव तथा अपेक्षा अर्थमन्त्रीसमक्ष प्रत्यक्ष रूपमा राख्न सक्नेछन्।

त्यसपछि दोस्रो चरणमा मन्त्री, सांसद तथा पार्टीको केन्द्रीय नेतृत्वबीच नागरिकबाट प्राप्त सुझावका साथै समसामयिक र नीतिगत विषयमा छलफल गरिनेछ। नागरिकका आवाज, सुझाव र अपेक्षालाई सरकार तथा पार्टीको नीति निर्माण र त्यसको प्रभावकारी कार्यान्वयनसँग प्रत्यक्ष रूपमा जोड्ने उद्देश्यले कार्यक्रम सञ्चालन गर्न लागिएको रास्वपाले जनाएको छ।

पार्टीले कार्यक्रममा नागरिकको सक्रिय सहभागिता र आवश्यक सहजीकरणका लागि आग्रह गरेको छ। रास्वपाले यस कार्यक्रममार्फत सरकारमा सहभागी आफ्ना मन्त्री तथा पार्टी नेतृत्वलाई नागरिकका प्रत्यक्ष सुझाव र अपेक्षासँग जोड्ने प्रयास गरेको जनाएको छ।

तपाईको बिचार