दुर्गम क्षेत्र लापिलाङको विद्यालयका बिद्यार्थीलाई पोशाक र स्टेशनरी सहयोग

646

दोलखा । दोलखाको कालिञ्चोक गाउँपालिका वडा नम्बर– ६ गुर्जपामा रहेको गुर्जपा आधारभूत विद्यालयका विद्यार्थीहरुको लागि स्कूल अफ डेमोक्रेसीले सहयोग गरेको छ । संस्थाले विद्यालयका बिद्यार्थीलाई पोशाक ट्रयाकसुट तथा स्टेशनरी सामग्री उपलब्ध गराएकाे हाे ।

कक्षा ८ सम्म पढाई हुने गुर्जपा आधारभूत विद्यालयको लागि संस्थाले एकसय थान ट्रयाक सुट र स्टेशनरी गरी दुई लाख बराबरको शैक्षिक सामग्री उपलब्ध गराएको स्थानीय गोकर्ण प्रसाद भण्डारीले बताए ।

उत्तरी दुर्गम क्षेत्रमा रहेको गुर्जपा आधारभूत विद्यालयमा ९० प्रतिशत विद्यार्थी थामी समुदायका रहेको र उनीहरु निम्न तथा मध्यम बर्गिय परिवारका रहेकोले बिभिन्न संघ– संस्था एवम् सामाजिक व्यक्तित्वबाट प्राप्तहुने सहयोग उपलब्धिमूलक हुने विद्यालय व्यवस्थापन समितिका अध्यक्ष बलबहादुर थामीले बताए ।

शुक्रवार विद्यालय व्यवस्थापन समितिका अध्यक्ष बलबहादुर थामीको सभापतित्वमा सम्पन्न ट्रयाकसुट तथा स्टेशनरी सामग्री हस्तान्तरण कार्यक्रममा पत्रकार चिरञ्जीवी मास्के, जीवन लामा, गोकर्ण प्रसाद भण्डारी, प्रधानाध्यापक यामकुमार पाण्डे, सहायक प्रधानाध्यापक खेमबहादुर थामी, शिक्षक लक्ष्मी ओली, शिक्षक– अभिभावक संघकी निरमाया थामी लगायतले मन्तव्य राखेका थिए । यसैक्रममा बिधालयको तर्फबाट संस्थालाई सम्मान समेत गरिएको थियो भने पत्रकार गोकर्णप्रसाद भण्डारीलाई पनि सम्मान पत्रबाट सम्मान गरिएको थियो ।

तपाईको बिचार

सम्बन्धित खबर