बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी त्रिभुवन विमानस्थलबाट पक्राउ

523

काठमाडौँ । बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादीलाई प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ गरेको छ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयका अनुसार इलाका प्रहरी कार्यालय नवलपुर, सिन्धुपाल्चोकबाट बैंकिङ कसुर मुद्दामा फरार रहेका सिन्धुपाल्चोकको इन्द्रावती गाउँपालिका(१ का ४० वर्षीय रामबहादुर थापालाई बुधबार पक्राउ गरिएको हो ।

थापालाई बाराको सिमराबाट काठमाडौं आउने क्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आन्तरिक आगमन कक्षबाट पक्राउ गरिएको प्रहरी उपरीक्षक एवं सूचना अधिकारी राजकुमार सिलवालले जानकारी दिए ।

पक्राउ परेका थापालाई थप अनुसन्धान तथा कारबाहीका लागि प्रहरी वृत्त गौशालालाई जिम्मा लगाइएको छ ।

तपाईको बिचार

सम्बन्धित खबर