१ असार, काठमाण्डौं । चावहिलस्थित विनायक सिद्ध कलेज शैक्षिक वर्ष – २०८३ को लागी कक्षा ११ का नयाँ विद्यार्थीहरुको लागी शैक्षिक परामर्श कार्यक्रम ( orientation programme) सम्पन्न गरेको छ। कलेजले नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत मनोज ज्ञवालीको प्रमुख आतिथ्यमा आयोजित भव्य कार्यक्रम विद्यार्थिलाई उत्प्रेरणा, शैक्षिक अनुशासन तथा ब्यक्तित्व विकाश सम्बन्धि ओरिएन्टेसन प्रदान गरेको हो।
कार्यक्रममा प्रमुख अतिथि नबिल बैंकका सिइओ मनोज ज्ञवालीले विद्यार्थीले जुनसुकै विषय पढे पनि त्यसैमा समर्पित भएर दत्तचित्त भएर लागेमा राम्रो गर्न सकिने भएकोले सोही अनुसार अध्ययन गर्न सुझाव दिए। उनले बिद्यार्थीले अन्य जीवन उपयोगी सिप र कौशल पनि सिक्नु आवश्यक रहेकोमा जोड दिए। त्यस्तै, उनले अनुशासन र समय व्यवस्थापनमा ध्यान दिनुपर्ने बताए।
त्यस्तै, समारोहमा कलेजका प्रमुख रामकृष्ण सिम्खडाले कलेजको नयाँ शैक्षिक सत्रमा प्रवेश गरेका सम्पूर्ण विद्यार्थीहरूलाई विनायक सिद्ध परिवारमा स्वागत गरे । उनले विद्यार्थीहरूलाई कलेजमा बिताउने अबको दुई वर्षको अवधि उनीहरूको जीवनको मार्गचित्र कोर्ने महत्वपूर्ण समय भएकोले अध्ययन र सिकाईमा मिहिनेत गर्न विद्यार्थीहरूलाई निर्देश गरे।
कार्यक्रममा उक्त कलेजमा उत्कृष्ट शैक्षिक नतिजा हासिल गर्ने विद्यार्थीहरूलाई सम्मान प्रदान गरियो। सो अवसरमा ‘मंकी टेम्पल ब्यान्ड’ , जितु नेपाल लगायतका कलाकार तथा कलेजका विद्यार्थीहरूले नृत्य र कला प्रस्तुत गरेका थिए।
वि.सं. २०७१ सालमा स्थापना भएको विनायक सिद्ध कलेजले छोटो समयमै शैक्षिक क्षेत्रमा आफ्नो छुट्टै पहिचान निर्माण गरेको छ । विज्ञान, व्यवस्थापन, मानविकी र कानुन संकायअन्तर्गत अध्ययन अध्यापन गराउँदै आएको यस कलेजले व्यवहारिक शिक्षण प्रणाली, अनुशासित वातावरण र विद्यार्थीको समग्र व्यक्तित्व विकासलाई प्राथमिकतामा राख्दै आएको छ ।
कलेजका प्रमुख रामकृष्ण सिंखडाका अनुसार विनायक सिद्धको उद्देश्य केवल परीक्षामुखी शिक्षा प्रदान गर्नु मात्र होइन । विद्यार्थीको क्षमता, रुचि र भविष्यको लक्ष्यलाई बुझेर उनीहरूलाई आत्मविश्वासी र प्रतिस्पर्धी नागरिकका रूपमा विकास गर्नु पनि संस्थाको मुख्य प्राथमिकता रहेको उनको भनाइ छ ।
पछिल्लो समय प्रविधिमैत्री शिक्षाको माग बढिरहेका बेला विनायक सिद्धले आफ्नो भौतिक तथा प्राविधिक पूर्वाधारलाई सोहीअनुरूप परिमार्जन गरेको छ। कलेजले डिजिटल प्रविधि र आधुनिक शिक्षण विधिको प्रयोग गर्दै विज्ञान तथा सूचना प्रविधिका लागि अत्याधुनिक प्रयोगशालाको व्यवस्था गरेको छ। यसका साथै विस्तृत अध्ययन र अनुसन्धानका लागि सुविधासम्पन्न इ-पुस्तकालय, नियमित मोटिभेसनल काउन्सिलिङ र सूक्ष्म प्राज्ञिक निगरानीले विद्यार्थीलाई गुणस्तरीय सिकाइको अनुभव प्रदान गरिरहेको कलेजको भनाइ छ ।
शैक्षिक गतिविधिसँगै अतिरिक्त क्रियाकलापमा पनि कलेजले विशेष जोड दिने गरेको छ । नेतृत्व विकास कार्यक्रम, कर्पोरेट संस्कार, कला तथा खेलकुदसम्बन्धी गतिविधिमा विद्यार्थीको सक्रिय सहभागिता गराइने गरिएको कलेजले जनाएको छ । यही वातावरणका कारण विनायक सिद्धबाट राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा परिचित खेलाडी र कलाकार उत्पादन भएको कलेजको दाबी छ ।
यस वर्ष पनि विभिन्न क्षेत्रमा उत्कृष्ट, जेहेन्दार तथा खेलकुद र कला क्षेत्रमा विशेष क्षमता भएका विद्यार्थीलाई लक्षित गर्दै पाँच दर्जनभन्दा बढी पूर्ण छात्रवृत्तिको व्यवस्था गरिएको कलेजले जानकारी दिएको छ । प्रतिभाको पहिचान, प्रोत्साहन र संरक्षणलाई प्राथमिकतामा राख्ने अभ्यासले कलेजलाई विद्यार्थीमाझ अझ लोकप्रिय बनाएको कलेजको ठहर छ ।
दक्ष प्राध्यापक मण्डल, अनुशासित वातावरण, अत्याधुनिक पूर्वाधार र विद्यार्थीको प्रतिभा विकासमा दिइएको प्राथमिकताका कारण विनायक सिद्ध कलेज पछिल्ला वर्षहरूमा नयाँ पुस्ताका विद्यार्थीका लागि विश्वासिलो शैक्षिक गन्तव्यका रूपमा स्थापित हुँदै गएको देखिन्छ।
तपाईको बिचार