नेपाल प्रिन्टर्स एण्ड ट्रेडर्स सहकारीको ३१औं साधारणसभाबाट वित्तीय प्रतिवेदन पारित

नेपाल प्रिन्टर्स एण्ड ट्रेडर्स सहकारीको ३१औं साधारणसभाबाट वित्तीय प्रतिवेदन पारित

565

काठमाडौं । नेपाल प्रिन्टर्स एण्ड ट्रेडर्स सहकारी लिमिटेड (एनपिटिसी लिमिटेड) को २९औं वार्षिक साधारणसभा एवं ३१औं वार्षिकोत्सब सम्पन्न भएको छ । संस्थाका अध्यक्ष हरिप्रसाद दाहालको अध्यक्षतामा यही मंसिर २७ गते शनिबार नवदुर्गा पार्टी प्यालेस सुकेधारा, काठमाडौंमा सम्पन्न भएको सभाले संस्थाको समीक्षा आर्थिक वर्ष २०८१/८२ को वार्षिक प्रगति प्रतिवेदन तथा वित्तीय प्रतिवेदन छलफल र सुझावसहित पारित गरेको छ।

साधारणसभामा उक्त संस्थाका अध्यक्ष हरिप्रसाद दाहालले संस्थाको वार्षिक प्रतिवेदन पेश गरेका थिए भने संस्थाका कार्यकारी सञ्चालक लेखनाथ दाहालले संस्थाको प्रगति विवरण एवं नीति तथा कार्ययोजना र लेखा सुपरीवेक्षण समिति संयोजक मेधनाथ घिमिरेले लेखा सुपरीवेक्षण समितिको प्रतिवेदन प्रस्तुत गरे ।

साधारणसभाको अवसरमा संस्थाले समाज तथा राष्ट्रलाई योगदान गर्नुहुने विभिन्न संस्था तथा व्यक्तिहरूलाई सम्मान गरेको छ । जस अनुसार देशको विभिन्न भागबाट काठमाडौं उपत्यकामा रहेका रहनु भएका अभिभावकविहीन बालबालिकाहरूको शिक्षा, स्वास्थ्य, आवास, भोजन जुटाएर मानवीय सेवाको उदाहरण प्रस्तुत गरिरहेका कारण नेपाल मानव सेवा संस्था, तारकेश्वर नगरपालिका-८, मनमैजु काठमाडौंलाई २१ हजार १ सय ५१ रुपैयाँ नगदसहित एनपिटिसी पुरस्कारद्वारा सम्मान गरेको छ ।

त्यस्तै , सभामा उत्कृष्ट विद्यार्थीहरुलाई पनि पुरस्कार प्रदान गरिएको थियो। संस्थाले व्यक्तित्व सम्मानअन्तर्गत पूर्वकार्यवाहक महालेखापरीक्षक वामदेव शर्मा अधिकारी र नेपाली साहित्य क्षेत्रमा योगदानको सम्मानमा मनोजादित्य न्यौपानेलाई सम्मान गरेको छ । संस्थामा आबद्ध भई कारोबार गर्नुहुने ज्येष्ठ सदस्य केशरबहादुर खत्री र विन्दुमती कँडेललाई जनही नगद ६ हजार रुपैयाँ नगदसहित एनपिटिसी ज्येष्ठ नागरिक सम्मानद्वारा सम्मानित गरेको छ ।

तपाईको बिचार