आईसिएफसि फाइनान्सको १५.७८ प्रतिशत नगद लाभांश पारित

801

काठमाण्डौ । आईसिएफसि फाइनान्स लिमिटेडले आफ्नो २२ औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । कम्पनीका अध्यक्ष सुशीलकुमार अर्यालको सभापतित्वमा मंसिर २९ गते बौद्ध हेरिटेज, बौद्ध पिपलबोट, काठमाण्डौमा सम्पन्न सभाले आर्थिक वर्ष २०८१/८२ को मुनाफाबाट चुक्ता पूँजीको १५.७८९५ प्रतिशत नगद लाभांश दिने प्रस्ताव सर्वसम्मतबाट पारित गरेको छ ।

त्यस्तै , सभाले समीक्षा आर्थिक वर्षको सबै वित्तीय विवरण पारित गर्नुका साथै आर्थिक वर्ष २०८२/८३ को लागि बाह्य लेखापरीक्षकमा ‘एस.ए.आर.एसोसिएट्स’ चार्टर्ड एकाउन्टेन्टस् लाई नियुक्त गरेको छ ।

फाइनान्सको चुक्तापूँजी एक अर्ब अठार करोड चौतीस लाख रहेको कम्पनीले हालसम्म आफ्नो २१ वटा शाखा कार्यालय मार्फत १ लाख भन्दा बढी ग्राहकलाई बैंकिङ सेवा दिदैं आएको छ ।

साथै, संस्थाले चालु आ.व. को असोज मसान्त सम्म रु. २१ अर्ब ४४ करोड निक्षेप संकलन र रु. १७ अर्ब ७३ करोड कर्जा प्रवाह गरिसकेको छ ।

तपाईको बिचार

सम्बन्धित खबर