विराटनगरले टस जित्यो, सुदूरपश्चिमले पहिला ब्याटिंग गर्ने

विराटनगरले टस जित्यो, सुदूरपश्चिमले पहिला ब्याटिंग गर्ने

599

काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आजको पहिलो खेलमा विराटनगरले टस जितेर पहिला बलिङ गर्ने निर्णय गरेको छ ।

विराटनगरका कप्तान सन्दीप लामिछानेले टस जितेर पहिला बलिङ गर्ने निर्णय गरेका हुन् । योसँगै सुदूरपश्चिम रोयल्सले पहिला ब्याटिंग गर्ने भएको छ ।

सुदूरपश्चिम र विराटनगर दुवै प्लेअफमा पुगिसकेका छन् । सुदूरपश्चिम शिर्ष स्थानमा रहेको छ र पहिलो क्वालिफायर खेल्ने छ भने विराटनगर हाल तेस्रो स्थानमा रहेको छ । आजको खेल ठुलो अन्तरले जितेर दोस्रो स्थानमा पुगे विराटनगर सुदूरपश्चिमसँगै पहिलो क्वालिफायर खेल्ने अवसर रहेको छ ।

तपाईको बिचार