नेप्सेमा सामान्य गिरावट, ४ अर्ब ६८ करोडको कारोबार

नेप्सेमा सामान्य गिरावट, ४ अर्ब ६८ करोडको कारोबार

571

काठमाडौँ । नेप्सेमा सामान्य गिरावट आएको छ । विहिबार नेप्से ०.९३ अंकले घटेर २५६०.१५ विन्दुमा पुगेर रोकिएको छ ।

आज ३२८ कम्पनिका एक करोड ४ लाख ४९ हजार २९६ कित्ता शेयर ४ अर्ब ६८ करोड ८८ लाख ६८ हजार २९९ मा कारोबार भएको थियो ।

आज होटल्स, हाइड्रो, उत्पादन, माइक्रो फाइनान्स अन्य र ट्रेडिङ बाहेक सबै क्षेत्रको शेयर मुल्य घटेको छ ।

आज धवलागिरी लघुवित्त, बन्दीपुर केबलकार र झापा इनर्जीको शेयरमा सकारात्मक सर्किट लागेको छ । त्यस्तै आज बुंगल हाइड्रोको शेयर ९.०५ प्रतिशतले घटेको छ ।

त्यस्तै आज सबै भन्दा बढी साहास उर्जाको ४१ करोड ८० लाखको कारोबार भएको छ भने सप्तकोशी डेभलपमेन्ट बैंकको १६ करोड ९३ लाख बराबर कारोबार भएको छ ।

तपाईको बिचार