दशौ महाधिवेशनमा उठेका प्रश्न अहिले पनि अनुत्तरित

दशौ महाधिवेशनमा उठेका प्रश्न अहिले पनि अनुत्तरित

1763

– राजेन्द्र कुवर

नेकपा एकीकृत (समाजबादी) को दशौ महाधिवेशनमा देशभरका प्रतिनिधिहरु समर्थक शुभचिन्तकले उठाएका प्रश्न अहिले पनि अनुत्तरित छन । नेता र नेतृत्वका अगाडि देश भित्र र प्रवाश बाट महाधिवेशनमा भाग लिन आएका प्रतिनिधिहरुले पार्टी बिद्रोहको औचित्य पुष्टि गर्न खुलेर कुरा उठाउन नसके पनि सबैले एक अर्काको कान फुक्दै ऎतिहासिक महाधिवेशन स्थलमा यो बिषयबस्तुले निकै चर्चा पाएको थियोे ।

दशौ महाधिवेशनले स्पष्ट नीति चलायमान नेतृत्वको खोजी गरे पनि त्यसो हुन सकेन ,पार्टीको महाधिवेशन बाट समाजबादी नीति पारित गर्ने पहिलो पार्टी भए पनि नीति अनुसारको नेतृत्वका लागि निकै अलमल भएको देखियो त्यसले गर्दा इमान्दारपुर्बक लागेका आम कार्यकर्ता समर्थक शुभचिन्तकमा निकै निराशा छायको देखिन्छ । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजबादी ) ले दशौ महाधिवेशनमा जसरी स्पष्टरुपमा समाजबादी कार्यदिशा पारित गरेर अगाडि बढ्न सफल भयो त्यसै अनुसारको नेतृत्व चयन गर्न नसक्दा बर्तमान नेतृत्व माथी नै गम्भीर प्रश्न उठन थालेको छ ।

कम्युनिष्ट पार्टीले आफ्नो महाधिवेशन बाट जसरी निती पारित गर्छ त्यसै गरि नेतृत्व पनि अनुमोदन गर्न सक्नु पर्थ्यो त्यसमा पार्टी चुकेको कुरा घाम जस्तै छर्लङ्ग छ ।अध्यक्ष,सम्मानित नेता र महासचिव अनुमोदन गर्न सक्ने प्रतिनिधिले अन्य पदाधिकारी र केन्द्रिय कमिटी किन अनुमोदन गर्न सकेन ? आफ्नो नेता छनौट गर्ने अधिकार बाट किन रोकियो प्रतिनिधि लाई । के पि ओलिले विधि पद्धति अनुसार पार्टी संचालन गर्न सकेन एक पछि अर्को गरि कम्युनिष्ट आचरण बाट च्युत भयो भनेर बिद्रोह गर्न लगाउने र गर्ने कार्यकर्ता अहिले किन निराश देखिन्छन् । नीति अनुसारको नेता र नेतृत्व छनौट गर्ने कार्य बाट प्रतिनिधिलाई रोक लगाएको महाधिवेशनको औचित्य माथि नै गम्भीर प्रश्न उठिरहेको छ ।
महाधिवेशन समापन भएको करिब एक महिना पछि पदाधिकारी बिनाको केन्द्रिय कमिटीको नाम घोषणा भएको छ । त्यस्ले एक प्रकारको निराशा छायर सामाजिक संजाल फेसबुकमा एकप्रकारको रोइलो देखिन्छ ।

नेतृत्व पुस्तान्त्रण र हस्तान्तरण भएन भन्नेको स्वर पनि सूनिन्छ भने त्यो भन्दा बलियो तर्क जस्का घरपरिवार बुवा,आमा श्रीमान र श्रीमती समेत यो पार्टी छैन भने त्यस्ता निकम्मालाई एकाएक कसरी केन्द्रिय सदस्य बनाएको हो आम कार्यकर्ता पंक्तिको गम्भीर प्रश्न छ ?आफ्नो परिवारलाई पार्टीमा सहभागी गराउन नसक्ने बाट अन्य कामको आस गर्नु भनेको ठुलो मुर्खता हुने देखिन्छ । कोटेश्वर र डल्लुमा अनुहार देखाएको भरमा केन्द्रिय सदस्य बन्ने भए किन भूगोलमा दौडेर दुख गरेर काम गर्ने नेतृत्वलाई मुख्य प्रश्न यहि हो आम कार्यकर्ताको ।

स्थानीय तहको र राष्ट्रिय निर्वाचनमा मतदान समेत गर्न नजाने आफ्नो गृह जिल्लामा अनुहार समेत नदेखाएका जनता संगको सम्पर्क बाट टाढा बसेका आलोकनगर ,कोटेश्वर र डल्लुमा हाजिर गर्नेलाई जिम्मेवारी मात्रै प्रदान गर्ने होइन प्रत्यक्ष र समानुपातिकको प्रदेश अनि संघको सुचिमा राखेर अगाडि बढ्दा राष्ट्रिय पार्टी बन्न सकेन महाधिवेशनमा तिनै पात्रलाइ टीका लगाउने हो भने आम कार्यकर्ताले पार्टी र आफ्नो भबिष्यको खोजी गरिरहेका छन ।

महाधिवेशनको आदेश भनेर एक महिना पछि घोषणा गरिएको केन्द्रिय कमिटीको सुचिले एक प्रकारको उत्साह जगाउन सकेको छैन ,केन्द्रिय कमिटीले छनौट गर्ने पदाधिकारी आम कार्यकर्ता उत्साह जगाउनका लागि नेतृत्वले गम्भीर भएर सोच्न सकेन भने ठुलो गल्ती मात्रै होइन क्षती व्यहोर्नुपर्ने हुन्छ यस बाट समयमै सचेत हुनु पर्ने देखिन्छ । निर्वाचनको समयमा मतदान गर्न गराउन नजाने घरपरिवारका सदस्यलाइ पार्टीमा संलग्न गराउन नसक्ने पार्टी कमिटीले दिएको परिभाषित काम नगर्ने आलोकनगर,कोटेश्वर र डल्लु धाउनेलाई आम पार्टीका कार्यकर्ता,समर्थक र शुभचिन्तक नेता मान्न कुनै पनि प्रकारले बाध्य हुने छैन ।

माथी उल्लेख गरिएका प्रश्नको समयमा जबाफ दिएर पार्टी बिद्रोहको सरल ढंगले पुष्टि गरेर नीति अनुसारको नेतृत्व चयनमा केन्द्रिय कमिटीले ध्यान दिन सकेन भने नेतृत्वले ठुलो मूल्य चुकाउनु पर्ने देखिन्छ आफ्नो सुन्दर भबिष्यलाइ बन्दकी बनाएर बस्न कुनै पनि सचेत कार्यकर्ता बाध्य हुने छैन यिनै बिषयबस्तुको वरिपरि रहेर आगामी दिनमा बस्ने केन्द्रिय कमिटीले जबाफ दिने हिम्मत राख्नु पर्छ ।

तपाईको बिचार

सम्बन्धित खबर