काठमाडौँ, ९ असार । अर्थमन्त्री डा. प्रकाशशरण महतले प्रतिस्पर्धी बजार पहिचान गरेर लाभ उठाउनुपर्ने बताएका छन् ।
नेपाल उद्योग परिसङ्घ (सीएनआई) को २० औं वार्षिक साधारणसभालाई सम्बोधन गर्दै अर्थमन्त्री डा.महतले पर्यटन, कृषि व्यवसाय, आईटी र हाइड्रोपावरको क्षेत्रमा लगानी बढाउन सकियो भने प्रतिस्पर्धा बजारबाट फाइदा उठाउनुपर्ने बताएका हुन् । चलायमान अर्थतन्त्र निर्माणका लागि सरकार प्रतिबद्ध रहेको बताउँदै उनले निर्यात बढाएर आयात घटाउन प्रतिबद्ध रहेको र जलविद्युत निर्यात एउटा सम्भावित क्षेत्र रहेको उनको भनाई छ । अहिलेको विश्व प्रतिस्पर्धी रहेकाले पनि संरक्षणको छाताभित्र बसेर हामी अगाडि बढ्न नसक्ने उनले बताए ।
उनले भने, ‘सम्पूर्ण मन्त्रालयका सचिवहरुलाई प्रस्ताव गरिएको हरेक कामको कार्यतालिका छ, त्यो अनुसार कार्यान्वयन हुनैपर्छ भनेको छु । यसमा ढिलो गर्नेको कुनै गुन्जायस छैन, प्रधानमन्त्रीले पनि त्यही किसिमको निर्देशन दिनुभएको छ । सीएनआईले विभिन्न विषय उठान गरेको छ । खास गरी नेपाली उद्योगहरुलाई कम्तीमा एक तहको संरक्षण दिने उद्देश्य छ । कतिपय ठाउँमा दुई तहको संरक्षण पनि छ । यसले नेपाली उद्योगलाई केही न केही राहत पुग्छ भन्ने मैले विश्वास लिएको छू ।’
तपाईको बिचार