काठमाडौं । मञ्जुश्री फाइनान्सको उन्नाइसौँ वार्षिक साधारण सभा शुक्रबार ( २० कार्तिक, २०८३ ) नयाँ बानेश्वरमा सम्पन्न भएको छ । कम्पनीका अध्यक्ष सुमन प्रसाद अधिकारीको सभापतित्वमा थापागाउँ ब्यांकेट नयाँ बानेश्वर, काठमाडौँमा बिहान ११ बजे शुरु भएको सभाले लाभांश सहित वित्तीय विवरण पारित गरेको छ।
उक्त सभाले कम्पनीले प्रस्ताव गरेको समीक्षा आर्थिक बर्ष २०८२/८३ मा १५ प्रतिशत नगद लाभांश (कर सहित) र ५ प्रतिशत बोनस सेयर वितरण गर्ने प्रस्ताव पारित गरेको हो । साथै, अविमोच्य असञ्चिति अग्राधिकार सेयर (८.७५ % ) जारी गर्ने प्रस्ताव पनि पारित गरेको छ ।
त्यस्तै, सभामा वार्षिक प्रतिवेदन र वित्तीय विवरण स्वीकृत गर्ने, लेखापरीक्षक नियुक्त गर्ने लगायतका प्रस्तावहरु पनि पेश भई पारित भएका छन् ।
यस साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ फाइनान्सले कात्तिक ११ गते बुक क्लोज गरेको थियो। यस अनुसार कात्तिक १० गतेसम्म नेप्सेमा कारोबार भई कायम सेयरधनीहरुले साधारण सभामा सहभागिता जनाउन तथा फाइनान्सले वितरण गर्ने लाभांश प्राप्त गरेका छन्।
तपाईको बिचार