पोखरा उद्योग वाणिज्य संघको महासचिवमा सुदीप प्रधानाङ्ग निर्वाचित

625

पोखरा ।पोखरा उद्योग वाणिज्य संघको महासचिवमा सुदीप प्रधानाङ्ग निर्वाचित भएका छन्। संघकाे भदौ २० र २१ गते सम्पन्न ३६औँ महाधिवेशनबाट आगामी दुई वर्षको कार्यकालका प्रधानाङ्ग महासचिव निर्वाचित भएका हुन्। संघमा शोभा गौतमको अध्यक्षतामा नयाँ कार्यसमिति निर्वाचित भएको छ।

निर्वाचन परिणाम अनुसार महासचिवमा सुदीप प्रधानाङ्ग १ हजार २ सय २ मत प्राप्त गर्दै विजयी हुँदा उनका प्रतिस्पर्धी तारानाथ ढुङ्गानाले १ हजार ४२ मत प्राप्त गरेका थिए।

त्यस्तै , शोभा गौतम ७ सय ५१ मत प्राप्त गर्दै संघको अध्यक्षमा निर्वाचित भएकी हुन्। अध्यक्षका पदमा शोभा गौतम , बलराम आचार्य , उत्तममान बुद्धाचार्य र अर्जुन पोखरेलले उम्मेदवारी दिएका थिए।

संघका वरिष्ठ उपाध्यक्षमा दिनेशचन्द्र बास्तोला १ हजार ४ सय ८१ मतसहित निर्वाचित भए। उनका प्रतिस्पर्धी टीकाराम सुवेदीले ७ सय ६० मत प्राप्त गरेका थिए।

उद्योगतर्फको उपाध्यक्षमा सौगात थापा १ हजार २ सय ७१ मतसहित निर्वाचित भए। उनका प्रतिस्पर्धी ललितबहादुर कुँवरले ९ सय ७३ मत प्राप्त गरे। वाणिज्यतर्फको उपाध्यक्षमा मनोजकुमार श्रेष्ठ १ हजार ६५ मतसहित विजयी हुँदा उनका प्रतिस्पर्धी भीम गौतमले ९ सय १९ मत प्राप्त गरे।

कोषाध्यक्षमा देवेन्द्र प्रजु १ हजार ४ सय ३९ मतसहित निर्वाचित भए। उनका प्रतिस्पर्धी जीवनप्रकाश श्रेष्ठले ७ सय ७७ मत प्राप्त गरे।

उपमहासचिवमा प्रदीप राजभण्डारी १ हजार १ सय ५३ मतसहित विजयी हुँदा उनका निकटतम प्रतिस्पर्धी यादवप्रसाद पोखरेलले ६ सय ५८ र अर्का प्रतिस्पर्धी रामचन्द्र तिमिल्सिनाले ४ सय ३३ मत प्राप्त गरेका थिए।

खुला सदस्यतर्फ १० पदका लागि १३ जनाबीच प्रतिस्पर्धा भएको थियो। सर्वाधिक मत प्राप्त गर्दै दुर्गा बराल १ हजार ७ सय ४८ मतसहित निर्वाचित भए। त्यसैगरी अमृत पोखरेल १ हजार ७ सय ३१, निर्मला चापागाईं १ हजार ५ सय ८०, गोविन्दबहादुर केसी १ हजार ४ सय ८७, रामेश्वर अधिकारी १ हजार ४ सय ७७, मनोहरी पौडेल १ हजार ४ सय ७६, भानुभक्त अधिकारी १ हजार ४ सय ७६, दिलीपकुमार श्रेष्ठ १ हजार ४ सय ४७, रामप्रसाद कँडेल १ हजार ४ सय ३५ र कमलबहादुर सुनार १ हजार ४ सय २४ मतसहित निर्वाचित भए।

निर्वाचनमा उम्मेदवारी दिएका नवीन नापित र हरिप्रसाद अधिकारीले समान १ हजार ३ सय ४३ मत प्राप्त गरे भने सूर्यराज घिमिरेले १ हजार ३ सय ३ मत प्राप्त गरेका थिए।

२०११ सालमा अमृतप्रसाद शेरचनको अध्यक्षतामा स्थापना भएको पोखरा उद्योग वाणिज्य संघमा हाल २ हजार ७ सय ३१ सदस्य आबद्ध छन्।

तपाईको बिचार

सम्बन्धित खबर