भोटेकोशी बाढी प्रभावितलाई टेलिकम र एनसेलको निःशुल्क सेवा

525

काठमाडौं । रसुवाको भोटेकोशी नदीमा आज बिहान आएको बाढीबाट प्रभावित नागरिकका लागि नेपाल टेलिकम र एनसेलले निःशुल्क दूरसञ्चार सेवा उपलब्ध गराएका छन् ।

नेपाल टेलिकमका अनुसार बाढीबाट प्रभावित रसुवा, नुवाकोट, धादिङ, गोरखा र चितवनका नागरिकलाई दुई दिनसम्म निःशुल्क डेटा र एसएमएस सेवा उपलब्ध गराइनेछ । प्रभावित प्रत्येक ग्राहकले प्रतिदिन २ जीबी डेटा र ५० वटा एसएमएस निःशुल्क प्राप्त गर्नेछन् ।

यसैगरी, एनसेलले पनि बाढी प्रभावित क्षेत्रका ग्राहकका लागि तीन दिनसम्म भ्वाइस, एसएमएस र डेटा सेवा निःशुल्क उपलब्ध गराउने जनाएको छ ।

बाढीका कारण प्रभावित क्षेत्रमा सञ्चार सम्पर्क सहज बनाउन तथा उद्धार, राहत र आपत्कालीन समन्वयमा सहयोग पुर्‍याउने उद्देश्यले यी सेवा उपलब्ध गराइएको कम्पनीहरूले जनाएका छन् ।

प्राकृतिक विपद्का बेला प्रभावित नागरिकलाई परिवार तथा उद्धार निकायसँग सम्पर्कमा रहन सहज होस् भन्ने उद्देश्यले निःशुल्क दूरसञ्चार सेवा प्रभावकारी हुने अपेक्षा गरिएको छ ।

तपाईको बिचार

सम्बन्धित खबर