राष्ट्रिय सुरक्षा परिषद्को बैठक आज, पछिल्लो सुरक्षा अवस्था र समसामयिक विषयमा छलफल

577

काठमाडौं । राष्ट्रिय सुरक्षा परिषद्को बैठक आज बस्दैछ। प्रधानमन्त्री वालेन्द्र शाहको अध्यक्षतामा बिहान ११ः३० बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा बैठक बस्न लागेको हो।

बैठकमा मुलुकको पछिल्लो सुरक्षा अवस्था, समसामयिक राष्ट्रिय विषय तथा हाल विकसित परिस्थितिबारे विस्तृत छलफल हुने जनाइएको छ। पछिल्ला दिनमा देशका विभिन्न क्षेत्रमा विकसित घटनाक्रम र सुरक्षा चुनौतीका विषयमा परिषद्ले आवश्यक समीक्षा तथा आगामी रणनीतिबारे पनि विचार गर्ने अपेक्षा गरिएको छ।

राष्ट्रिय सुरक्षा परिषद् नेपालको सुरक्षा नीतिसम्बन्धी उच्चस्तरीय परामर्शदातृ निकाय हो। परिषद्मा प्रधानमन्त्री अध्यक्ष रहने व्यवस्था छ भने रक्षामन्त्री, गृहमन्त्री, परराष्ट्रमन्त्री, अर्थमन्त्री, नेपाल सरकारका मुख्य सचिव, प्रधान सेनापति तथा रक्षा सचिव सदस्य रहने कानुनी व्यवस्था छ।

बैठकबाट समसामयिक सुरक्षा चुनौतीको सामना गर्न आवश्यक नीतिगत निर्णय र सम्बन्धित निकायलाई आवश्यक निर्देशन जारी हुन सक्ने अपेक्षा गरिएको छ।

तपाईको बिचार

सम्बन्धित खबर