लोक सेवा आयोगद्वारा प्रहरी निरीक्षक पदको लिखित नतिजा प्रकाशित, हेर्नुहोस् छनोट सूची

568

काठमाडौं । लोक सेवा आयोगले नेपाल प्रहरीको जनपद प्रहरी समूहअन्तर्गत प्रहरी निरीक्षक (Inspector) पदको लिखित परीक्षाको नतिजा सार्वजनिक गरेको छ। आयोगले सूचना नं. १०६/०८३–८४ मार्फत लिखित परीक्षामा सफल भएका उम्मेदवारहरूलाई अन्तर्वार्ता तथा अन्य चरणका लागि छनोट गरिएको जनाएको छ।

आयोगका अनुसार खुला तथा समावेशी प्रतिस्पर्धाअन्तर्गत प्रकाशित विज्ञापन नं. ०६/०८२–८३ अनुसार सञ्चालन गरिएको लिखित परीक्षाबाट विभिन्न समावेशी समूहका उम्मेदवार छनोट भएका हुन्।

कुल २९ पदका लागि लिइएको परीक्षामा ५६ जना उम्मेदवार अन्तर्वार्ताका लागि छनोट भएका छन्। तीमध्ये खुलातर्फ २६, महिलातर्फ ८, आदिवासीरजनजातितर्फ १२, मधेशीतर्फ ९ र दलिततर्फ ९ जना उम्मेदवार छनोट भएका आयोगले जनाएको छ।

लिखित परीक्षामा सफल उम्मेदवारहरूलाई आयोगले तोकेको मिति, समय र स्थानमा आवश्यक कागजातसहित उपस्थित भई अन्तर्वार्ता तथा अन्य कार्यक्रममा सहभागी हुन अनुरोध गरेको छ। विस्तृत कार्यक्रम सम्बन्धित निकायबाट उपलब्ध गराइने आयोगले उल्लेख गरेको छ।

आयोगले उम्मेदवारहरूलाई सक्कल नागरिकता, शैक्षिक योग्यताको प्रमाणपत्र, प्रवेशपत्र तथा आवश्यक कागजात लिएर उपस्थित हुन समेत आग्रह गरेको छ। विस्तृत नतिजा तथा उम्मेदवारहरूको नामावली लोक सेवा आयोगको सूचनामार्फत सार्वजनिक गरिएको छ।

तपाईको बिचार

सम्बन्धित खबर