माउण्ट धौलागिरीमा शर्माको अध्यक्षतामा नयाँ संचालक समिति निर्वाचित

1512

काठमाडौं । माउण्ट धौलागिरी बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडले २६औं वार्षिक साधारणसभा सम्पन्न गरेको छ। संस्थाका अध्यक्ष गोविन्द प्रसाद शर्माको सभापतित्वमा यही पुष १९ गते शनिबार सम्पन्न साधारणसभाले आगामी कार्यकालको लागि पुनः गोविन्द प्रसाद शर्माको अध्यक्षतामा संचालक समितिको सर्वसम्मत निर्वाचन सम्पन्न गरेको छ।

नयाँ संचालक समितिको सचिवमा एक नारायण उपाध्याय र संचालकहरुमा ज्ञानेन्द्र आचार्य , भक्तराज भूसाल, सरस्वती कुमारी शर्मा ( सापकोटा ) , राजेन्द्र क्षेत्री , खिमा कुमारी न्यौपाने रहेका छन् । त्यस्तै , लेखा समितिको संयोजकमा जैसरा शर्मा र सदस्यहरुमा शुक्र राज बराल तथा हरि प्रसाद कँडेल निर्वाचित भए।

सभाले संस्थाको संचालक समितिको तर्फबाट अध्यक्ष शर्माले प्रस्तुत गरेका समीक्षा आर्थिक वर्ष २०८१/८२ को वार्षिक प्रगति प्रतिवेदन छलफल र सुझावसहित पारित गरेको छ।

त्यस्तै , समीक्षा आ.व.को लेखासुपरीवेक्षण समितिको प्रतिवेदन, कोषाध्यक्षको प्रतिवेदन, आर्थिक प्रतिवेदन नगद प्रवाह विवरण लगायतका वित्तीय प्रस्तावहरु पनि साधारणसभाबाट पारित भएका छन् ।

यस संस्थामा हाल ६०३ शेयर सदस्यहरुबाट रु. २,९७,४२,०००/- शेयर पूँजी रहेको छ। कुल वासलात रु. ३६,६४,५९,१०९/८२ रहेको संस्थाले उल्लेख गरेको छ।

त्यस्तै , माउण्ट धौलागिरी समुदायमा आधारीत सहकारी संस्था भएको हुनाले यसले सदस्यहित एवं समाज सेवाका साथै सामाजिक क्षेत्रमा सेवामूलक कार्यक्रमहरु संचालन गर्नका लागि संस्थाका संचालक तथा कर्मचारीहरु समेतको तर्फबाट रु १ करोड रकमको धौलागिरी फाउण्डेसन अक्षय कोष खडा गरिने लक्ष्य रहेको अध्यक्ष शर्माले कार्यक्रममा जानकारी दिएका छन् । यस आ.वा. मा अक्षय कोषमा रु ७० लाख जम्मा गर्ने कबुल भएको र हाल सम्म जम्म भएको रु. ६४ लाख मुद्धती तथा वचत खातामा जम्मा भएको र सो कोष वृद्धि गरी आगामी दिनमा रु १ करोड पुऱ्याएर त्यसको ब्याजबाट सेवामुलक र सामाजिक कार्यक्रमहरु संचालन गर्न सकिने साथै अन्य सहकारी संघ संस्था एवं अन्य गैरसरकारी संस्थाहरुसँग मिलेर सेवा मुलक कार्यक्रम संचालन गर्ने लक्ष्य कोषले लिएको छ ।

तपाईको बिचार

सम्बन्धित खबर