काठमाडौं । बत्तिसपुतलीस्थित शुभ-कालिका बचत तथा ऋण सहकारी संस्था लिमिटेडले पन्ध्रौं वार्षिक साधारणसभा सम्पन्न गरेको छ। संस्थाका अध्यक्ष बद्रिभक्त मैनालीको सभापतित्वमा यही पुष १८ गते शुक्रबार सम्पन्न साधारणसभामा मैनाली समाज नेपालका अध्यक्ष शम्भु प्रसाद मैनालीको प्रमुख आतिथ्य रहेको थियो। सभामा पूर्वसचिव उमेश मैनाली , राजनीतिज्ञ आरके मैनाली , संस्थाका शेयर सदस्यहरु लगायतको उपस्थिति रहेको थियो।
सभाले संस्थाको संचालक समितिको तर्फबाट अध्यक्ष बद्रिभक्त मैनालीले प्रस्तुत गरेका समीक्षा आर्थिक वर्ष २०८१/८२ को वार्षिक प्रगति प्रतिवेदन छलफल र सुझावसहित पारित गरेको छ।
त्यस्तै , समीक्षा आ.व.को लेखासुपरीवेक्षण समितिको प्रतिवेदन, कोषाध्यक्षको प्रतिवेदन, आर्थिक प्रतिवेदन नगद प्रवाह विवरण लगायतका वित्तीय प्रस्तावहरु पनि साधारणसभाबाट पारित भएका छन् ।
संस्थाको वार्षिक प्रतिवेदन अनुस् यस सहकारी संस्थामा आ.व.०८१/०८२ सालको आषाढ मसान्तसम्म शेयर सदस्य संख्या ५४७ जना रहेका छन् भने शेयर पूँजी रू. ४,४५,२२,३००/- रहेको छ । शुभ-कालिका विषेश वचत लगाएत विभिन्न बचत योजनाहरुमा गत वर्ष रू. १९,७२,५१,७३१/३८ बचत संकलन भएको थियो भने यस वर्ष पनि बचत योजनाहरुमा वृद्धि भई रू. २१,९६,१३,५९६/५३ संकलन छ।
गत वर्षको अन्त्यसम्म ऋण लगानी रू. २१,९५,७५,४४०/७८ थियो भने यस वर्ष लगानीमा रकम वृद्धि भई रू. २३,५१,४६,८९२/०१ भएको छ । यस अवधिमा ऋण लगानी तथा विभिन्न वित्तीय संस्थाहरुबाट प्राप्त ब्याज एवं अन्य शिर्षकहरुबाट रू.२,५७,०८,१३८/०४ आम्दानी भई प्रशासनिक एवं अन्य खर्च कटाई कर अघिको खुद बचत रू. २६,१६,०१३/७४ मुनाफा भएको संस्थाले जनाएको छ ।
उक्त मुनाफा मध्ये विभिन्न कोषहरुमा विनियोजन गरी बाँकी रकम शेयर लाभांश कोषमा रहेको रू. १,१६,९३५/८१ र संरक्षित पूँजी फिर्ता कोषमा रहेको रू. ४,३७,२०८/८२ गरी जम्मा रू. ५,५४,१४४/६३ (१.२४%) लाभांश वितरणको लागि प्रस्ताव सभाले पारित गरेको छ।
तपाईको बिचार