पर्यटन समाज साकोसको १७औं साधारणसभाबाट वार्षिक प्रतिवेदन तथा वित्तीय प्रतिवेदन पारित

853

काठमाडौं । पर्यटन समाज सहकारी संस्था लिमिटेडले आफ्नो सत्रौँ वार्षिक साधारणसभा काठमाडौंमा सम्पन्न गरेको छ । यही पुष ५ गते शनिवार काठमाडौंको धुम्बाराहीस्थित होटेल स्मार्टमा सम्पन्न उक्त सभाले संस्थाको समीक्षा आर्थिक वर्ष २०८१/८२ को वार्षिक प्रगति प्रतिवेदन तथा वित्तीय प्रतिवेदन छलफल र सुझावसहित पारित गरेको छ।

सहकारीका अध्यक्ष नारायण पौडेलको सभापतित्वमा सम्पन्न साधारणसभाले संस्थाको आ. व. २०८१/८२ लेखापरीक्षण प्रतिवेदन पारित गर्नुका साथै आ.व. २०८२/८३ को लागि लेखापरीक्षकको नियुक्ति पनि गरेको छ। संचालक समितिले यस आर्थिक वर्षमा गरेको विभिन्न निर्णयहरुको अनुमोदन समेत साधारणसभाले गरेको छ।

कार्यक्रममा अध्यक्ष नारायण पौडेलले संस्थाको वार्षिक प्रगति प्रतिवेदन , कोषाध्यक्ष कल्पना कार्कीले वित्तीय प्रतिवेदन तथा लेखासुपरीक्षण समितिका संयोजक लक्ष्मण प्रसाईले लेखासुपरीक्षण समितिको प्रतिवेदन सदस्यहरु समक्ष प्रस्तुत गरे। प्रस्तुत गरिएका प्रतिवेदनहरु सबै सभाले पारित गरेको छ।

कार्यक्रममा संस्थाका अध्यक्ष पौडेलले असहज परिस्थितिको कारण आ. व. २०८१/८२ चुनौतीपूर्ण रहेको भए पनि यस सहकारीले वित्तीय तथा संस्थागत क्षेत्रमा उपलब्धि हासिल गरेको बताए। सदस्य केन्द्रित सेवा, पारदर्शिता , जवाफदेहिता , आन्तरिक व्यवस्थापन र आधुनिक प्रविधिको प्रयोग गर्दै यस आर्थिक वर्षमा बचत संकलन र कर्जा लगानीमा वृद्धि गर्न सफल भएको उनले जानकारी दिए। संस्थामा २० देखि ३० प्रतिशत सम्म तरलता कायम गरिएको उनले बताए ।

समीक्षा आर्थिक वर्षमा शेयर पूँजी रु. ४३,२३७,७००/- कायम रहेको संस्थाले कुल आम्दानी रु. २७,०५१,३९४.१६/- गरेको उल्लेख गरेको छ।

तपाईको बिचार

सम्बन्धित खबर