काठमाडौं । त्रिभुवन विश्वविद्यालयले स्वतन्त्र विद्यार्थी युनियन(स्ववियु)को निर्वाचनको तालिका सार्वजनिक गरेको छ ।
त्रिविलेआगामी चैत ५ गते हुनेगरी स्ववियु निर्वाचनको तालिका सार्वजनिक गरेको हो ।
निर्वाचन तालिका अनुसार संघ संगठन, समूह दर्ता गर्ने अन्तिम समय फागुन १९ गते दिइएको छ । २१ गते मतदाता सूची प्रकाशन गरिनेछ ।त्यस्तै २७ गते उम्मेदवारी दर्ता गर्न सकिने जनाइएको छ ।
त्यस्तै उम्मेदवारहरूको लागि चैत २ गते राती १२ बजेपछि मौन अवधि लागू हुनेछ भने चैत ५ गते बिहान ८ बजेदेखि दिउँसो ४ बजेसम्म मतदान हुनेछ ।
तपाईको बिचार