कलङ्की हाेटेल एण्ड गेष्ट हाउस एशाेसिएसनमा नयाँ कार्यसमिति चयन, अध्यक्षमा कुमार श्रेष्ठ

693

काठमाडौं । कलङ्की हाेटेल एण्ड गेष्ट हाउस एशाेसिएसनमा नयाँ कार्यसमिति चयन भएको छ । आइतबार सम्पन्न १४औँ वार्षिक साधारण सभा तथा ९औँ अधिवेशनबाट कार्यसमिती चयन भएको हो। नवनिर्बाचित कार्यसमितिको अध्यक्षमा कुमार श्रेष्ठ चयन भएका छन। समितिको वरिष्ठ उपाध्यक्षमा श्याम चौलागाईं,उपाध्यक्षमा राजु घिमिरे, महासचिव अप्सरा थापा , सचिब रेशम पुलामी, कोषाध्यक्ष माधब गौतम
र सह -कोषाध्यक्ष नहकुल भट्टराई चयन भएका छन।
यस्तै सदस्यहरुमा रबिन राई ,तारा पराजुली, रोजिना खत्री र राजु चौरेल चयन भएका छन।

नवनिर्वाचित अध्यक्ष श्रेष्ठले पद भनेको जिम्मेवारी रहेकोे बताए । उनले भने “नेतृत्व पद होइन, जिम्मेवारी हो। आज मैले सम्मानभन्दा ठूलो जिम्मेवारी ग्रहण गरेको छु। यो जिम्मेवारी सबैको साथ र विश्वासले मात्र सफल हुनेछ।”

उनले सबै व्यवसायीको हितमा काम गर्ने प्रतिवद्द्ता पनि जनाए ।

समुद्घाटन समारोहका प्रमुख अतिथि बागमती प्रदेश सरकारका उद्योग, पर्यटन, श्रम तथा यातायात मन्त्रालयका सचिव दिपेन्द्र सुवेदीले होटेल व्यवसायीहरु देशका पर्यटन व्यवसायको प्रमुख भुमिकामा रहेकाले व्यवसायीले भोग्नुपरेका समस्यामा प्रदेश सरकार संवेदनशील रहेको जानकारी दिए। हालै नेपालको मुस्ताङमा अवस्थित होटेल विश्वकै उत्कृष्ट घोषणा हुनु गौरवको कुरा भएको जनाउँदै सबै होटेल व्यवसायीहरुले त्यसलाई अनुकरण गर्न अनुरोध गरे। उनले बागमती प्रदेश सरकारले प्रदेश भरिका पर्यटकीय र धार्मिक क्षेत्रको प्रविधिमैत्री प्रचार प्रसार र कफीटेबल पुस्तक प्रकाशन गरेको जानकारी दिए।

सचिव सुवेदीले नेपाल प्रकृति, संस्कृति, साहसिक पर्यटन र विश्व सम्पदाको संगम भएकाले पर्यटनको लागि उत्कृष्ट गन्तव्य भएकाले हामीले सृजनात्मक कामबाट पर्यटक आगमन बढाउन सक्नुपर्ने बताए।

कार्यक्रममा होटेल व्यवसायी महासंघका अध्यक्ष शंकर भण्डारीले यहाँका व्यवसायीमा क्षमता अभिवृद्धि र सेवा प्रवाहमा आवश्यक सचेतना र समन्वय गर्न होटेल व्यवसायी महासंघले सधैँ काम गर्ने बताए। उनले देशभरका व्यवसायीको व्यवसाय बलियाे बनाउन काम गर्नुपर्ने तथा सामाजिक सुरक्षा लगायतका काममा महासंघले सहकार्य गर्ने बताए। उनले सबै व्यवसायीहरूले महासंघको काममा एकतावद्ध भएर सहयाेग गर्न अनुरोध समेत गरे।

कार्यक्रममा जिल्ला होटेल व्यवसायी संघ, काठमाण्डौँका अध्यक्षसुरेश बरालले भारतीय धार्मिक पर्यटकहरु बढी भित्र्याउन पहल गर्न आव्हान गर्दै पर्यटकहरुले एयरपोर्टमा झेल्नुपर्ने समस्या समाधान गर्न सरकारलाई अनुरोध गरे। उनले होटेल व्यवसायीले गुणस्तरिय र सुरक्षित सेवा प्रदान गर्नमा ध्यान दिनुपर्नेमा जोड दिए।

कार्यक्रमका अध्यक्ष रमेशकुमार बरालले काठमाडौं महानगरपालिका भित्र कलंकी, बल्खु, स्वयम्भु र कोटेश्वर, चन्द्रागिरी र नागार्जुन आदि क्षेत्रमा स्थापना भएका ठूला मझौला तथा साना गरी यस संस्थामा हाल १०५ भन्दा माथिको हाराहारीमा सदस्य आवद्ध रहेको जानकारी दिए। उनले २५ लाखदेखि ३० करोडसम्मको होटलहरु यस संस्थामा आवद्ध भएका बताए।

तपाईको बिचार

सम्बन्धित खबर