काठमाडौँ। नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) बागमती प्रदेशको प्रथम अधिवेशनबाट अध्यक्षमा भीमप्रसाद दहाल निर्वाचित भएका छन्।
फागुन ३, ४ र ५ गते सम्पन्न प्रथम प्रदेश अधिवेशनले दहाललाई सर्वसम्मत रूपमा निर्वाचित गरेको पार्टीका उपाध्यक्ष तथा कमिटीका इन्चार्ज डा.गंगालाल तुलाधरले जानकारी दिए ।
इन्चार्ज तुलाधरका अनुसार उपाध्यक्षमा गोविन्द नेपाली र राजु श्रेष्ठ, सचिवमा एलपी श्रेष्ठ, उपसचिवमा नानिराम चौलागाई, निरू खरेल, दिपक धनुके निर्वाचित भएका छन् । दहालको नेतृत्वमा १८६ जना सदस्यीय कमिटी सर्वसम्मत चयन गरिएको हो।
तपाईको बिचार