बिर्तामोड । जिल्ला प्रहरी कार्यालय झापाको प्रहरी ब्यारेकमै प्रहरी निरीक्षक(सई) मृत फेला परेका छन् । उनी तिन तल्ले प्रहरी ब्यारेकमाथि बिहान एझुण्डिको अवस्थामा मृत फेला परेको झापा प्रहरीले जनाएको छ ।
ब्यारेकको माथिल्लो तल्लामा रहेको पानीको टंकीमा जाने फलामको भर्याङमा भोजपुर टेम्केमैयुङ गाउँपालिका–४ घर भई हाल जिल्ला मोरङ कानेपोखरी गाउँपालिका –७ बस्ने जिल्ला प्रहरी कार्यालय झापामा कार्यरत ४९ वर्षीय प्रहरी नायव निरीक्षक धनराज खतिवडा झुण्डिएको अवस्थामा फेला परेको झापा प्रहरीले जनाएको हो ।
नाइलनको डोरीको पासो लगाई झुण्डिएर मृत अवस्थामा पेला परेका खतिवडाको आफन्तहरुलाई जानकारी गराई कानुनी प्रकृयाको लागि तयारी भइरहेको जनाइएको छ । झापा प्रहरीका अनुसार सो सम्बन्धमा थप अनुसन्धान भइहेको छ ।
तपाईको बिचार