काठमाडौं । दोलखाको बैतेश्वर गाउँपालिका ३ साविक मिर्गे गाविसका दीपक दाहाल मृत्यू प्रकरणमा आरोप खेपिरहेका १४ जनाले घटना भएको १५ वर्षपछि सर्वोच्च अदालतबाट सफाई पाएका छन् ।
तत्कालिन समय २०६६ चैत छ गते साविक मिर्गे गाविसमा अवस्थित कालिढुङ्गा माध्यमिक विद्यालयको विद्यालय व्यवस्थापन समिति अध्यक्ष चयनका क्रममा भएको झडपमा परी स्थानीय युवक दीपक दाहालको मृत्यू भएको थियो ।
उक्त, घटना भएको १५ वर्षसम्म पनि कर्तव्य ज्यान मुद्धा खेपीरहेका नेपाली कांग्रेसका नेताहरु बमबहादुर तामाङ्ग, कुलप्रसाद दाहाल, मणिक तामाङ्ग, पुष्करकुमार दाहाल, सूर्यबहादुर दाहाल, लक्ष्मणप्रसाद दाहाल, पवनप्रसाद दाहाल, रामशरण दाहाल, कृष्णबहादुर दाहाल, मणिप्रसाद दाहाल, गोविन्दप्रसाद दाहाल, सिताराम दाहाल, सिद्धीबहादुर दाहाल र छत्रबहादुर दाहाल सहित १४ जनालाई सर्वोच्च अदालतको न्यायाधीश बालकृष्ण ढकाल र महेश शर्मा पौडेललको इजलासले सफाई दिएका हुन् ।
राजनीतिक आस्थाका आधारमा आफुहरुलाई अनावशयक दुःख दिइएपनि न्यायालयबाट न्याय पाएको कांग्रेस नेता बमबहादुर तामाङले बताए । जिल्ला अदालत, उच्च अदालत हुँदै सर्वोच्च अदालतबाट समेत उनीहरुले सफाई पाएका हुन् । यो घटनामा संलग्न भएको आरोपमा सिताराम दाहाल र गोविन्द दाहाल भने १९ महिना जेल बसेर छुटेका थिए । ।
 
								 
							 
                                                             
                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                             
                                             
                                             
                                             
                                             
                                             
                                            
तपाईको बिचार