सुरु भयो बबरमहलमा फुटेको मेलम्ची खानेपानीको पाइप मर्मतको काम

सुरु भयो बबरमहलमा फुटेको मेलम्ची खानेपानीको पाइप मर्मतको काम

631

काठमाडौं, बबरमहल। बबरमहलको मुख्य सडकमा फुटेको मेलम्ची खानेपानीको पाइप मर्मतको काम सुरु भएको छ। बुधबार दिउँसो विद्युत प्राधिकरणले तार भूमिगत गर्ने काम अघि बढाउँदा खानेपानीको पाइप फुटेर बबरमहल क्षेत्र जलमग्न भएको थियो।

विद्युत प्राधिकरणले विद्युतका तारहरू अण्डरग्राउण्ड गर्न ठाडो रूपमा खन्ने क्रममा बबरमहलमा रहेको खानेपानीको पाइप फुटेको थियो। मेलम्ची खानेपानीले ९० सेन्टिमिटर गहिराइमा २० इन्टको पाइप गाडेको छ।

विद्युत प्राधिकरणले मन्त्रालय तथा मातहतका निकायसँग समन्वय नगरेका कारण बबरमहल क्षेत्रमा खानेपानीको पाइप फुटेर क्षति भएको खानेपानी मन्त्री प्रदीप यादवको भनाइ छ। उनले बुधबार नै बबरमहल क्षेत्रको निरीक्षण गरेर मर्मत गर्न निर्देशन दिएका थिए।

काठमाडौं उपत्यका खानेपानी आयोजना कार्यान्वयन निर्देशनालय (पिआइडी) का प्रोजेक्ट डाइरेक्टर टीका चौधरीले विद्युत् प्राधिकरणको असावधानीपूर्ण कामले खानेपानीको पाइपमा ठुलो क्षति पुगेको बताए। उनका अनुसार करिब चार घण्टासम्म पानी बग्दा ४० लाख लिटर पानी खेर गएको छ र पाइप फुट्दा ४० लाख बराबरको क्षति भएको छ।

यो घटनाले बबरमहल क्षेत्रमा खानेपानी आपूर्ति रोकिएको थियो र हाल मर्मतका काम तीव्र गतिमा भइरहेको छ। विद्युत प्राधिकरणको लापरवाहीका कारण उत्पन्न भएको यो समस्या चाँडो समाधान हुनुपर्ने आवश्यकता रहेको बताइएको छ ।

तपाईको बिचार

सम्बन्धित खबर