अमेरिकी डलरको भाउ बढ्याे, आज कुन मुद्रा कितमा हुँदैछ काराेबार?

अमेरिकी डलरको भाउ बढ्याे, आज कुन मुद्रा कितमा हुँदैछ काराेबार?

563

काठमाडौं। नेपाल राष्ट्र बैंकले आइतबारका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । जसअनुसार भारतीय रुपैयाँ एक सयको खरिद दर १६० रुपैयाँ रहेको छ भने बिक्री दर १६० रुपैयाँ १५ पैसा रहेको छ । आइतबार अमेरिकी डलरको भाउ १९ पैसाले बढेको छ । आईतबार अमेरिकी डलर एकको खरिददर १३७ रुपैयाँ २५ पैसा र बिक्रीदर १३७ रुपैयाँ ८५ पैसामा कारोबार भएको राष्ट्रि बैंकले जानाएको छ । यसअघि शुक्रबार यसको खरिददर १३७ रुपैयाँ ०६ पैसा र बिक्रीदर १३७ रुपैयाँ ६६ पैसामा कारोबार भएको थियो ।
आज युरोपियन यूरो एकको खरिददर १४१ रुपैयाँ ४० रहेको छ भने बिक्रीदर १४२ रुपैयाँ ०२ पैसा तोकिएको छ । यो मूल्य अघिल्लो दिनको तुलनामा २२ पैसाले बढेको छ । यसअघि शुक्रबार यूरोको खरिददर १४१ रुपैयाँ १८ रहेको छ भने बिक्रीदर १४१ रुपैयाँ ८० पैसामा कारोबार भएको थियो ।
यसैगरी आज बेलायती पाउन्ड एकको खरिदमूल्य १६८ रुपैयाँ ७४ पैसा र बिक्रीदर १६९ रुपैयाँ ४८ पैसा कायम गरिएको राष्ट्र बैंकले जनाएको छ ।
त्यसैगरी, आइतबार अष्ट्रेलियन डलर एकको खरिददर ८४ रुपैयाँ ९५ पैसा र बिक्रीदर ८५ रुपैयाँ ३२ पैसा तोकिएको छ । क्यानेडियन डलर एकको खरिददर ९५ रुपैयाँ २९ पैसा र बिक्रीमा ९५ रुपैयाँ ७१ पैसा रहेको छ ।
उता, जापानी येन १० को खरिददर ८ रूपैयाँ ६८ पैसा कायम हुदाँ बिक्री दर भने ८ रूपैयाँ ७२ पैसा रहेको छ । चाइनिज युआन एकको खरिददर १८ रूपैयाँ ७२ पैसा तथा बिक्री दर १८ रूपैयाँ ८० पैसा तथा दक्षिण कोरिया वन १०० को खरिददर ९ रूपैयाँ ३५ पैसा तथा बिक्री दर ९ रुपैयाँ ३९ पैसा कायम गरेको जनाइएको छ ।
उता कतारी रियाल एकको खरिददर ३७ रुपैयाँ ६५ पैसा र बिक्रीदर ३७ रुपैयाँ ८१ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।
राष्ट्र बैंकले साउदी अरेबियन रियाल एकको खरिददर ३६ रूपैयाँ ५६ पैसा र बिक्रीमूल्य ३६ रूपैयाँ ७२ पैसा, युएई दिराम एकको खरिददर ३७ रूपैयाँ ३७ पैसा र बिक्रीदर ३७ रूपैयाँ ५३ पैसा तथा मलेसियन रिंगिट एकको खरिददर आइतबार ३० रूपैयाँ ५२ पैसा र बिक्रीदर ३० रूपैयाँ ६६ पैसा कायम गरेको छ ।
यसैगरी, आइतबारको लागि कुवेती दिनार एकको खरिददर ४४४ रुपैयाँ ९९ पैसा र बिक्रीदर ४४६ रुपैयाँ ९३ पैसा निर्धारण भएको छ। बहराइन दिनारको खरिददर ३६४ रुपैयाँ ०८ पैसा र बिक्रीदर ३६५ रुपैयाँ ६७ पैसा निर्धारण भएको छ।

तपाईको बिचार