पोखरामा पहिलोपटक अन्तर्राष्ट्रिय व्यावसायिक जहाज अवतरण

पोखरामा पहिलोपटक अन्तर्राष्ट्रिय व्यावसायिक जहाज अवतरण

79

पोखरा, ६ असार । अन्तर्राष्ट्रिय विमानस्थलमा पहिलोपटक अन्तर्राष्ट्रिय उडानको सफल अवतरण भएको छ ।

चीनको छेन्दुबाट आएको सिचुवान एयरलाइन्सको न्यारोबडी ए ३१९ जहाज बुधबार बिहान ९ बजेर ६ मिनेटमा पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण भएको हो । सो जहाजमा राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनासहित १३० यात्रु सवार थिए ।

पोखराको फेवातालमा यही असार ८ र ९ गते आयोजना हुन लागेको नेपाल–चाइना ड्रागन बोट रेस फेस्टिभलमा सहभागी हुने खेलाडी समेत जहाजमा सवार थिए । उक्त जहाज करिब दुई घण्टा पोखरा विमानस्थलमा रहेर बिहान ११ बजे काठमाडौं हुँदै चीन फर्कनेछ ।

तपाईको बिचार