सरकारका सबै निकायका वेवसाइट एकै पटक डाउन

सरकारका सबै निकायका वेवसाइट एकै पटक डाउन

167

काठमाडौँ, ६ असार । नेपालका सबै सरकारी निकायको वेवसाइट डाउन भएको छ । सिंहदरवारस्थित केन्द्रीय सर्भरमा समस्या आएपछि सरकारी वेवसाइटहरू डाउन भएका हुन् ।

सर्भर ह्याक भएको हो वा प्राविधिक कारणले बन्द भएको भन्नेबारे अझै एकिन हुन नसकेको गृहमन्त्रालय स्रोतले बतायो । सर्भरमा एक्कासि समस्या आएपछि वेवसाइटहरू नचलेका हुन् । ह्याक भएको हो वा प्राविधिक कारण भएको हो । त्यसबारे अझै अध्ययन भइरहेको छ, स्रोतले भन्यो ।

केन्द्रीय सर्भरमा समस्या आउँदा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अध्यागमनको सिस्टम पनि चलेको छैन । जसका कारण हवाई उडानलगायत अति आवश्यक काम कारबाही हुन सकेको छैन । यो समाचार आजको अन्नपूर्ण पोस्ट् दैनिकमा छ ।

तपाईको बिचार