आधारभूत अस्पतालका जनशक्तिको तलवभत्ता आफैं व्यहोर्न मन्त्रालयको आग्रह

आधारभूत अस्पतालका जनशक्तिको तलवभत्ता आफैं व्यहोर्न मन्त्रालयको आग्रह

123

काठमाडौँ, ५ असार । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले स्थानीय तहहरुलाई आधारभूत अस्पतालका लागि आवश्यक जनशक्तिको तलव भत्ता आफैं व्यहोर्न आग्रह गरेको छ ।

सोमबार स्वास्थ्यमन्त्री मोहनबहादुर बस्नेतले ७ बुँदे परिपत्र गर्दै संघीय सरकारलाई आर्थिक भार परेको भन्दै आधारभूत अस्पतालका लागि आवश्यक जनशक्तिको तलव भत्ता आफैं व्यवस्था गर्न स्थानीय तहहरुलाई आग्रह गरेका हुन् ।

स्वास्थ्य मन्त्रालयले ५, १० र १५ शय्याको अस्पतालहरुको दरबन्दीको नमुना तयार भएको र उक्त दरबन्दीको संरचना र दरबन्दी स्वीकृत नभएको जनाउँदै संघीय सरकारले आर्थिक भार लिन नसक्ने भन्दै जनशक्ति व्यवस्थापनका लागि सबै स्थानीय तहलाई पत्रपरिपत्र गरेको हो । ‘आधारभूत अस्पतालको दरबन्दीको नमुना तयार भएको तर नेपाल सरकारद्वारा हालसम्म संगठन संरचना तथा दरबन्दी स्वीकृत भइसकेको हुँदा संघीय सरकारमा आर्थिक भार नपर्ने गरी पालिकाको आवश्यकता र आर्थिक स्रोत हेरी कर्मचारीसँगै तलव, भत्ता, अन्य सुविधाको व्यवस्थापन पालिकाबाटै हुन’ मन्त्रालयले गरेको परिपत्रमा भनिएको छ ।

तपाईको बिचार