जालझेलले समाजवाद आउँदैन : अध्यक्ष भट्टराई

जालझेलले समाजवाद आउँदैन : अध्यक्ष भट्टराई

736

काठमाडौँ, ५ असार । पूर्व प्रधानमन्त्री तथा नेपाल समाजवादी पार्टीका अध्यक्ष बाबुराम भट्टराईले जालझेलले समाजवादको निर्माण नहुने बताएका छन् ।

समाजवादी मोर्चाको निमार्ण प्रति आशङ्का व्यक्त गर्दै अध्यक्ष भट्टराईले मोर्चाको सत्ताको बार्गेनिङको अंश बन्न नहुने टिप्पणी गरेका छन् । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको नेतृत्वमा मोर्चा गठन भए पछि  भट्टराईले यस्तो टिप्पणी गरेका हुन् । ‘समाजवाद संसदीय अङ्कगणित मिलाएर र जालझेल गरेर आउने उपभोग्य वस्तु होइन,’ उनले भनेका छन्, ‘यो त उदात्त वैचारिकीको निर्देशनमा उन्नत चेतना र उच्च नैतिक धरातल भएका मानवको लामो सामूहिक प्रयत्नले निर्माण हुने अति उन्नत सभ्यताको चरण हो।’

उनले मोर्चाको गठन सत्ताको बार्गेनिङका लागि भएको आशङ्का व्यक्त गर्दै त्यसो नगर्न सुझाव दिएका छन् । ‘कथित समाजवादी मोर्चालाई निजी सत्ता स्वार्थका निम्ति भित्री र बाहिरी सक्तीहरूसँग बार्गेनको हतियार बनाउने दुष्कर्म नहोस्,’ भट्टराईले भनेका छन्, ‘केहीलाई सधैँ र धेरैलाई केही बेर ठग्न सकिन्छ तर सबैलाई सधैँ ठग्न सकिन्न भन्ने हेक्का रहोस् ।’

तपाईको बिचार

सम्बन्धित खबर