कांग्रेसका दुई चार जनाबाहेक अरु एमाले हुन सक्छन् : अध्यक्ष ओली

कांग्रेसका दुई चार जनाबाहेक अरु एमाले हुन सक्छन् : अध्यक्ष ओली

971

काठमाडौँ, २ असार । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपालीका कांग्रेसका दुई चार जना नेता बाहेक अरु एमाले हुन सक्ने टिप्पणी गरेका छन् ।

शनिवार काठमाडौंमा भएको पार्टी प्रवेश कार्यक्रममा बोल्दै उनले एमालेलाई राम्रो बनाउने हो भने कांग्रेसमा दुई चार जना मात्र रहने टिप्पणी गरे । उनले भने, ‘अत्यन्त सक्रियताका साथ, अत्यन्तै निष्ठा र सक्रियताका साथ केदारजी कांग्रेसमा काम गर्नुभएको व्यक्ति हो । उहाँजस्ता अध्यध्ययनशील मान्छे नेपाली कांग्रेस छोडेर एमालेमा प्रवेश गर्नुभएको छ  भने अरु दुई चार जनाबाहेक अरु एमाले हुन सक्छन्, त्यसका लागि एमालेले प्रयास गर्नुपर्छ ।’

माओवादी कार्यकर्ताले आफूलाई सामाजिक सञ्जालमा सुनै सुनको बनाइदिएको टिप्पणी गरेका  छन् । संसद् बैठकमा माओवादी सांसदले पशुपतिको सुनको जलहरीलाई पित्तल भनेको र सो दलका कार्यकर्ताले भने सामाजिक सञ्जालमा आफूलाई सुनै सुनको बनाइदिएको जानकारी गराए । उनले यो कुनै राजनीति नभई जनता भड्काउने काम भएको टिप्पणी गरे । उनले एमालेमा लागेका सबैको उद्देश्य सुखी नेपाल र समृद्ध नेपाल रहेको बताए ।

तपाईको बिचार