नेकपा एकीकृत समाजवादीले बोलायो सचिवालय बैठक

नेकपा एकीकृत समाजवादीले बोलायो सचिवालय बैठक

185

काठमाडौँ, ३२ जेठ । समाजवादी मोर्चा गठनबारे जानकारी दिन नेकपा एकीकृत समाजवादी पार्टीले केन्द्रीय सचिवालय बैठक बोलाएको छ ।

बैठक असार १ गते शुक्रबार बिहान ८ बजे बस्नेगरी बोलाइएको हो । उपमहासचिव गंगालाल तुलाधरका अनुसार बैठक शुक्रबार बिहान ८ बजे बस्नेगरी बैठक बोलाइएको छ । समाजवादी मोर्चा गठनबारे जानकारी दिन बैठक बोलाइएको तुलाधरले जानकारी दिए ।

माओवादी केन्द्र, जसपा, नेकपा एकीकृत समाजवादीसहित विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी र वामदेव गौतम समेत समेटेर समाजवादी मोर्चा घोषणाको तयारी भएको नेताहरुको भनाई छ ।

तपाईको बिचार