काठमाडौँ, ३१ जेठ । काठमाडौँ उपत्यका खानेपानी लिमिटेड (केयूकेएल) ले नयाँ पाइपलाइन तयारी भएपछि मात्रै मेलम्चीको पनी दैनिक वितरण गर्ने तयारी गरेको छ ।
पुरानो पाइपलाइनबाट चुहावटको समस्या बढेको र समानुपातीक वितरणमको पनि समस्या रहेको भन्दै केयूकेएलले खानेपानी दैनिक वितरणको लागि लयाँ पाइपलाइन कुरीरहेको हो । आयोजना कार्यान्वयन निर्देशनालयले विछ्याएको नयाँ पाइपबाट दैनिक रुपामा खानेपानी वितरण गर्ने योजना बनाएको केयूकेएलले बताएको छ ।
काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयूकेएल) का प्रमुख कार्यकारी अधिकृत मिल कुमार शाक्यले नयाँ पाइपलाइनबाट अबदेखि दैनिक रुपमा वितरण गर्ने तयारी भएको बताए । यो समाचार आजको कारोबार दैनिकमा छ ।
तपाईको बिचार