राष्ट्रपति पौडेल अस्पताल भर्ना

राष्ट्रपति पौडेल अस्पताल भर्ना

197

काठमाडौँ, ३० जेठ । राष्ट्रपति रामचन्द्र पौडेल अस्वस्थ भएका छन् ।

मुटुमा समस्या भएपछि पौडेल गंगालाल हृदयरोग केन्द्रमा भर्ना भएका हुन् । अस्पताल स्रोतका अनुसार मंगलबार बिहान भर्ना गरि उनको थप उपचार भइरहेको छ ।

मंगलबार बिहान मुटुमा समस्या देखिएपछि राष्ट्रपति पौडेललाई सहिद गंगालाल राष्ट्रिय हृदय केन्द्र बाँसबारीमा भर्ना गरिएको छ । राष्ट्रपति कार्यालय स्रोतका अनुसार उनमा हृदयाघात भएको पाइएपछि मुटुको बन्द धमनी खोलिएको छ  । हाल एन्जिओप्लाष्ट गरेर मुटुको बन्द धमनी खुलाइएको छ ।

तपाईको बिचार