बजेटको असन्तुष्टि र कोशी प्रदेशको समस्या समाधान गर्न  शीर्ष नेताबीच सहमति

बजेटको असन्तुष्टि र कोशी प्रदेशको समस्या समाधान गर्न  शीर्ष नेताबीच सहमति

199

काठमाडौँ, ३० जेठ । सत्ता साझेदार दलहरुबीच बजेटमा देखिएको असन्तुष्टि सम्बोधन गर्ने र कोशी प्रदेशमा देखिएको अशान्तिबारे सबै पक्ष बसेर निकास खोज्न पहल गर्ने निर्णय  भएको छ ।

मंगलबार बिहान बालुवाटारमा सत्ता गठबन्धनका शीर्ष नेताहरुको बैठकमा दुवै समस्या समाधान गर्नेबारे छलफल भएको एक नेताले बताए । नेकपा एकीकृत समाजवादी र जनता समाजवादीले बजेट बेनियोजनप्रति चर्को असन्तुष्टि जनाएपछि प्रधानमन्त्री प्रचण्डले गठबन्धन दलका नेताहरुलाई छलफलका लागि बालुवाटार बोलाएर छलफल गरेका हुन् । एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले देखिएका असहमतिहरुमा छलफल गरेर अघि बढ्नेबारे कुराकानी भएको बताए ।

‘सत्तारुढ दलमै बजेटबारे देखिएको असन्तुष्टिलाई बजेटमा सक्नेजति मिलाउने र अरू विषयमा पनि मिलाएर अघि बढ्ने भन्ने सहमति भएको छ’, एक नेताले भने, ‘त्यसका लागि प्रधानमन्त्रीले अर्थमन्त्रीलाई निर्देशन दिनुभएको छ ।’

मंगलबारको बालुवाटार छलफलमा प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, कांग्रेस सभापति शेरबहादुर देउवा, अर्थमन्त्री तथा कांग्रेस नेता डा. प्रकाशशरण महत, उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ, एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव र नेता राजेन्द्र श्रेष्ठलगायतका नेताहरू सहभागी थिए ।

तपाईको बिचार