धनगढी, २९ जेठ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशमलाल चौधरी र उनकी पत्नी समेत रहेकी भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री रञ्जिता श्रेष्ठ चौधरीले भेटवार्ता गरेका छन् ।
आज भएको भेटवार्तामा चौधरी र मन्त्री श्रेष्ठले सुदूरपश्चिम सरकार लगायतका विषयमा प्रधानमन्त्री दाहालसँग छलफल गरेका हुन् ।
उनीहरुले पूर्व सहमतिअनुसार सुदूरपश्चिम सरकारमा दुईमन्त्री र एक राज्यमन्त्री दिन माग गरेको श्रोतले बताएको छ । नाउपा संरक्षक चौधरीले सो भेटमा पूर्व सहमतिबाट सरकार पछि हट्न नमिल्ने प्रधानमन्त्रीलाई स्मरण गराएका छन् । जवाफमा प्रधानमन्त्री प्रचण्डले नाउपासँग भएको सहमति अनुसार नै मन्त्रालय उपलब्ध गराउने प्रतिबद्धता जनाएको चौधरीले जानकारी दिए ।
तपाईको बिचार