काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेपाल डेमोक्र्याटिक लयर एसोसिएसन (डिएलए नेपाल) को ११औँ राष्ट्रिय महाधिवेशनलाई सम्बोधन गर्नुहुँदै अहिलेको समयमा सबै मिल्नुको विकल्प नरहेको बताउनुभयो ।
आफुलाई पुनः सभापति बन्ने रहर नरहेको भन्दै उहाँले प्रजातन्त्र बलियो बनाउनका लागि कांग्रेस बलियो हुन आवश्यक रहेको बताउनुभयो । उहाँले भन्नुभयो, “नेपाली कांग्रेस बलियो भयो भने प्रजातन्त्र बलियो हुन्छ । त्यसका लागि सबै मिलेर अघि बढौँ ।”
नेकपा (एमाले) भित्र उमेर हद हटाइएको भन्दै उहाँले थप्नुभयो, “हामीकहाँ त्यस्तो छैन । तर दुई पटकभन्दा बढी सभापति हुन पाइँदैन । मैले म फेरि हुन्छु भनेर पनि भनेको छैन ।” प्रजातन्त्र बलियो भयो भने नेपालको विकासमा ठूलो सहयोग पुग्ने उहाँको भनाइ थियो ।
पूर्वप्रधानमन्त्री देउवाले कानून व्यवसायी अझ बढी सक्षम हुँदै प्रजातन्त्रको रक्षाका लागि लाग्नु पर्ने बताउनुभयो । उहाँले भन्नुभयो, “रानीतिज्ञले गलत गरेको कुरालाई पनि समाधान गराएर यो ठिक छ र यो छैन भनेर सुझाव दिन सक्ने कानून व्यवसायी हुन् ।”
प्रजातन्त्रलाई बलियो र सुदृढ बनाउन डिएलएको भूमिका महत्त्वपूर्ण रहेको उहाँको भनाइ थियो । उहाँले भन्नुभयो, “यो भूमिकालाई अझै सशक्त बनाउँदै लैजानुपर्छ ।” आफु पनि कानूनको विद्यार्थी भएको भन्दै देउवाले अभ्यास गर्न नपाउँदा दुःख लागेको बताउनुभयो । कानून व्यवसायी पेशा मर्यादित भएको उहाँको भनाइ थियो ।
बिपी कोइराला पनि कानून व्यवसायी भएको भन्दै उहाँले भन्नुभयो, “बिपी कोइराला पार्टीमा कानून व्यवसायी ९लयर० हुनुहुन्थ्यो । भारतीय नेता जवाहरलाल नेहरू पनि कानून व्यवसायी हुनुहुन्थ्यो । लयर राम्रो हो, मैले पनि ल पढेको हुँ, प्राक्टिस गर्न पाइनँ ।” अमेरिकामा कानून पढेका राष्ट्रपतिलगायत उच्च तहमा पुगेको भन्दै उहाँले कानूनको ज्ञान सबैलाई हुनुपर्ने बताउनुभयो ।
तपाईको बिचार