पूर्वाधार विकास कोषको व्यवस्था हटाउन अनेरास्ववियुको माग

पूर्वाधार विकास कोषको व्यवस्था हटाउन अनेरास्ववियुको माग

1970

काठमाडौं। नेपाल सरकारबाट सङ्घीय संसद्मा प्रस्तुत आर्थिक वर्ष २०८०र८१ को बजेटमा प्रस्तावित पूर्वाधार विकास कोषको व्यवस्था हटाउन माग गर्दै आज प्रतिनिधिसभाका सभामुख देवराजव घिमिरेलाई नेकपा (एमाले) निकट अनेरास्ववियुले ध्यानाकर्षणपत्र बुझाएको छ ।

अनेरास्ववियुले भ्रष्टाचारको प्रमुख कारक प्रमाणित भई बन्द गरिएको सांसद विकास कोषलाई फिर्ता गरी उक्त रकम कक्षा ११ र १२ को शिक्षालाई निःशुल्क गराउने कार्यमा खर्च गराउन माग गरेको हो। अनेरास्ववियुले बिहीबार सभामुख देवराज घिमिरेलाई ध्यानाकर्षण(पत्र बुझाउँदै यसका निम्ति सरकारलाई रुलिङ गर्न आग्रह गरेको छ।

ज्ञापनपत्र बुझाउँदै अनेरास्ववियुका अध्यक्ष समिक बडालले देशको अर्थतन्त्र शिथिल भएको वेलामा सांसद विकास कोषको नाममा ५र५ करोड वितरण गर्नुले सांसदहरू जनउत्तरदायी नभएको कुरालाई पुष्टि गरेको दाबी गरे।

तपाईको बिचार