नबाै नेपाल खुल्ला एमेच्याैर गल्फ प्रतियाेगीताकाे सम्पुर्ण तयारी पुरा 

नबाै नेपाल खुल्ला एमेच्याैर गल्फ प्रतियाेगीताकाे सम्पुर्ण तयारी पुरा 

1115

काठमाडौ । नेपाल गल्फ संघले आयाेजना गर्ने नबाै नेपाल खुल्ला एमेच्याैर गल्फ प्रतियाेगीताकाे  सम्पुर्ण तयारी पूरा भएकाे जानकारी गराएकाे छ ।हाेटल राेयल सिंगीमा पत्रकार सम्मेलन गरी नेपाल गल्फ संघले प्रतियाेगीताकाे सम्पुर्ण तयारी सकिएकाे जानकारी दिएकाे हाे ।

प्रतियाेगीता काठमान्डाैकाे गाेकर्ण फरेस्ट गल्फ रिसाेटमा आगामी मे २९,३०,३१ गरि तीन दिनसम्म चल्ने छ ।

खेलमा नेपाल सहित पाकिस्तान, बङ्गलादेश, भुटान र भारतकाे सहभागीता रहने जनाईएकाे छ । कुल ५ देशका ४५ भन्दा बढि खेलाडीकाे सहभागीता रहने खेलमा सबै देशका खेलाडी नेपाल आईसकेकाे पत्रकार सम्मेलन मार्फत आयाेजकले जनाएकाे छ ।

सबै देशका उच्च रेन्कमा रहेका खेलाडीहरुकाे सहभागी भएकाे प्रतियाेगीता भएपनी नेपालले मेडल ल्याउनेमा पुर्ण बिश्वास रहेकाे प्रतियाेगीता संचालनका डाईरेक्टर दिपक आचार्यले बताए । यस अघिका खेलमा नेपाललाई मेडल दिलाउन सफल नेपाली खेलाडी सुवास तामाङ्ग र सद्भभाव आचार्यले नेपालकाे तर्फबाट प्रतिनिधित्व गर्ने भएकाेले मेडमा ढुक्क रेहेकाे उनले बताए ।

नेपाल गल्फ संघले आयाेजना गर्ने प्रतियाेगीतामा सह-आयाेजका रूपमा नेपाल टुरिजम बाेर्ड, राष्ट्रिय खेलकुद परिषद, प्रदेश खेलकुद बिकास परिषद् बागमती प्रदेश, गाेकर्ण फरेष्ट गल्फ रिसाेट र राेयल सिंगी हाेटल रहेकाे छन् ।

पत्रकार सम्मेलनमा बाेल्दै नेपाल गल्फ संघका अध्यक्ष टासी घलेले गल्फ खेललाई टुरिजमका रूपमा बिकास गरी राष्ट्रिय अर्थतन्त्रमा टेवा पुर्याउने उदेश्यले यस्ता आयाेजनाहरु गरीएकाे बताए ।

तपाईको बिचार