सत्ता गठबन्धनको बैठक बालुवाटारमा, विश्वासको मतमा एक ढिक्का हुने निर्णय

सत्ता गठबन्धनको बैठक बालुवाटारमा, विश्वासको मतमा एक ढिक्का हुने निर्णय

97

काठमाडौं । सत्ता गठबन्धनका १० दलका शीर्ष नेताहरुको बैठक बालुवाटारमा सम्पन्न  भएको छ। बैठकमा भोलि संसदमा प्रस्तुत गर्ने विधेयक र पर्सी सरकारले लिने विश्वासको मतमा एकमतका साथ प्रस्तुत हुने सहमति बनेको छ।

राष्ट्रपतिको निर्वाचनमा चुनावअघिको गठबन्धन ब्यूँताउँदै नेपाली कांग्रेससहित ८ दल एक ठाउँमा उभिएपछि नेकपा एमाले सरकारबाट बाहिरिएको थियो। सो आठदलीय गठबन्धन पछिल्लो समय १० दलीय बनेको हो।

एमाले सरकारबाट बाहिरिएपछि प्रधानमन्त्री प्रचण्डले यही चैत ६ गते पुनः विश्वासको मत लिँदै छन्। यसपछि कांग्रेससहितका दललाई समावेश गरी प्रधानमन्त्रीले मन्त्रिपरिषद् विस्तार गर्ने तयारी गरेका छन्।

आजको  बैठकमा प्रधानमन्त्रीसमेत रहेका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलगायत शीर्ष नेताहरू सहभागी भएका थिए। बैठकमा जनमत पार्टीका अध्यक्ष सीके राउतदेखि नेपाल समाजवादी पार्टीका अध्यक्ष डा। बाबुराम भट्टराईसम्म सहभागी भएका थिए।

तपाईको बिचार