एमाले अबका पाँच वर्ष संसदमा बलियो प्रतिपक्ष भएर बस्छ : महासचिव पोखरेल

एमाले अबका पाँच वर्ष संसदमा बलियो प्रतिपक्ष भएर बस्छ : महासचिव पोखरेल

37

दाङ। नेकपा (एमाले)का महासचिव शङ्कर पोखरेलले एमाले अबका पाँच वर्ष संसदमा बलियो प्रतिपक्ष भएर बस्ने र जनताका सरोकारका विषयमा खबरदारी गर्ने बताउनुभएको छ ।

प्रेस चौतारी नेपाल दाङ शाखाले आज घोराहीमा आयोजना गरेको पत्रकार सम्मेलनमा महासचिव पोखरेलले राजनीतिक स्थायित्व र विकासका लागि दलको निहीत स्वार्थ जोडिन नहुनेमा जोड दिँदै एमाले बलियो प्रतिपक्षीका रुपमा उभिएकाले पार्टी सङ्गठन बलियो बनाउन गाउँगाउँमा पुगेको बताउनुभयो ।

उहाँले राष्ट्र बनाउने सवालमा सरकारमा सामेल दलबीच देश बनाउने मुद्दा पहिलो प्राथमिकता हुन सक्नुपर्नेमा जोड दिनुभयो । उहाँले देशमा स्थायित्व र विकासका लागि पाँच वर्ष नै सरकार चलाउने गरी अघि बढ्न सत्तारुढ दललाई आग्रह गर्नुभयो । उहाँले अस्थिरताले कोही कसैको भलो नगर्ने हुँदा गहिरिँदो आर्थिक सङ्कट समाधान गर्दै बलियो राष्ट्र बनाउन सरकार केन्द्रित हुनुपर्नेमा जोड दिनुभयो ।

तपाईको बिचार