त्रिवि पनिकामा अनेरास्ववियुको तालाबन्दी

त्रिवि पनिकामा अनेरास्ववियुको तालाबन्दी

55

काठमाडौँ । परीक्षा केन्द्र टाढा राखिएको भन्दै अनेरास्ववियु त्रिवि जिल्ला समितिले त्रिवि परीक्षा नियन्त्रण कार्यालयमा ताला लगाएको छ ।

आइतबारबाट सुरु हुन लागेको स्नातक तह चौथो वर्षको परीक्षा केन्द्र टाढा राखिएको भन्दै उनीहरुले ताला लगाएका हुन् । अनेरास्ववियुले स्ववियु निर्वाचनको परिणामबाट अत्तालिएर विद्यार्थीलाई दुख दिने अभिप्रायले परीक्षा नियन्त्रण कार्यालयले परीक्षा केन्द्र टाढा राखिएको आरोप लगाएका छन् ।

भोजपुरको परीक्षा केन्द्र संखुवासभा, बाँकेको बर्दिया, डोटीको कैलाली परीक्षा केन्द्र पारेर विद्यार्थीले दुख दिन खोजिएकोले ताला लगाएको त्रिवि जिल्ला समिति उपाध्यक्ष समिर राज विष्टले बताए ।

तपाईको बिचार