सत्तारुढ गठबन्धनले मुलुकको कुनै पनि समस्या समाधान गर्न सक्दैन : उपाध्यक्ष पौडेल

सत्तारुढ गठबन्धनले मुलुकको कुनै पनि समस्या समाधान गर्न सक्दैन : उपाध्यक्ष पौडेल

77

जनकपुर । नेकपा (एमाले)का उपाध्यक्ष विष्णु पौडेलले सत्तारुढ गठबन्धन अन्तरविरोधमा फसेको र यसले मुलुकको कुनै पनि समस्या समाधान गर्न नसक्ने बताउनुभएको छ ।

जनकपुरमा आयोजित पार्टीको प्रशिक्षण कार्यक्रममा बोल्दै उहाँले सत्तारुढ गठबन्धन मन्त्रालय बाँडफाँट गर्न नसक्ने अवस्थामा पुगेको दावी गर्नुभयो । सत्तारुढ गठबन्धनको ध्यान सरकार टिकाउने कुरामा मात्रै रहेकाले यसले देश र जनताको समस्या समाधान गर्नै नसक्ने उपाध्यक्ष पौडेलले मुलुकको अर्थतन्त्र धरापमा परेको बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘यो सरकारले जनताका समस्या समाधान गर्न सक्ने छैन । राष्ट्रको समस्यातर्फ यसको कुनै ध्यान पनि छैन । तपाईहरुले देखिरहनु भएको छ–जम्माजम्मी गठबन्धनको चिन्ता के छ भने सरकार कसरी टिकाउने, सरकार कसरी जोगाउने । सरकारमा कसरी पुग्ने चिन्ता थियो । अव सरकार कसरी टिकाउने । सरकार कसरी जोगाउने ? यो भन्दा अर्को चिन्ता गठबन्धनसँग कुनै छैन । यसकारणले यो गठबन्धनले देश र जनताका समस्या समाधान गर्न सक्दैन । सत्तारुढ गठबन्धन अन्तरविरोधग्रस्त बनिसकेको छ । आजै बनिसकेको छ । अहिले नै तपाई देखिरहनु भएको छ–मन्त्रालयको बाँडफाँड गर्न नसक्ने ठाउँमा अवस्थामा यो गठबन्धन पुगीसकेको छ । देशको अर्थतन्त्र एकदम धरापमा परेको छ । राजस्वले साधारण खर्च धान्न नसक्ने अवस्था भएको छ ।’

तपाईको बिचार